ताजा समाचार

भूकम्प अपडेटः सिन्धुपाल्चोको प्रहरी चौकीमा क्षति, बाँकी विवरण संकलन हुँदै

काठमाडौं । आज बिहान चिनको दिङ्गे क्षेत्र केन्द्रविन्दु भएर गएको ७ रेक्टर स्केलको भूकम्पको विवरण संकलन हुने क्रम जारी रहेको छ । त्यस्तै उक्त भूकम्पले सिन्धुपाल्चोकको फुल्पिङकट्टी स्थित चौकीमा क्षति पुगेको सिन्धुपाल्चोक जिल्लाका एसपी सन्तोष खड्काले बताएका छन् ।

उनका अनुसार भूकम्पले सिन्धुपाल्चोकको भोटेकोशी–४ स्थित प्रहरी चौकीको भवन चर्किएको हो । खड्काले भने, ‘चौकीको भवनमा सामान्य क्षति भएको छ ।’

भूकम्पको काठमाडौं उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो ।

भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org