पूर्वडीआईजी छविलाई रास्वपाका नेताहरूको जिम्मामा छाडियो
पोखरा । अदालतको आदेशपछि धरौटीमा रिहा भएका गोर्खा मिडियाका पूर्वसञ्चालक, पूर्वडीआईजी छविलाल जोशीलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूको जिम्मामा छाडिएको छ । बिहीबार अदालतको आदेशपछि ६५ लाख रुपैयाँ बैंक जमानत बुझाएर रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा भए । उनलाई पार्टी उपसभापति डोलप्रसाद अर्याल (डीपी) र लामिछाने पत्नी निकिता पौडेलको जिम्मामा प्रहरीले छाडेको हो ।
लामिछानेसँगै सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा धरौटीमा छुटेको अर्का आरोपित छविलाल जोशी पनि रास्वपा उपसभापति अर्यालकै जिम्मामा रिहा भएका हुन् ।
कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाका अनुसार लामिछाने र जोशी दुवैलाई काठमाडौं अदालतमा स्वयं उपस्थित हुनेगरि छाडिएको हो । लामिछानेले ६५ लाख र जोशीले ८८ लाख रुपैयाँ बैंक जमानत बुझाएका हुन् । यस्तै, नेचर हब्र्सका रामबहादुर खनाललाई चाहिँ बहिनी देवीका विष्टको जिम्मामा छाडिएको ओलियाले बताए । खनालले १५ लाख रुपैयाँ जमानत बुझाएर छुटेका हुन् । उनीहरूविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा पनि मुद्दा छ ।
सोही मुद्दाकाआरोपित जीबी राईकी सहयोगी लीला पछाई भने धरौटी बुझाउन नसक्दा कारागार चलान भएकी छन् । सहकारी ठगीको मुद्दा लागेका पूर्वसांसद मीना गुरुङ पाँच लाख, उनका बुबा कृष्णप्रसाद गुरुङ एक लाख र सहकारीकी पूर्वकोषाध्यक्ष आरती गुरुङ पाँच लाख धरौटी बुझाएर रिहा भइसकेका छन् ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












