पर्यटक भित्र्याउन तीन सय वर्ष पुरानो मौलिक शहरको प्रर्बद्धन
गलकोट (बागलुङ): अहिलेको बागलुङ बजार दुई सय ८४ वर्षभन्दा पुरानो हो । पुरानो बजारमा अहिलेपनि एक सय वर्षभन्दा पहिले बनाइएका कलात्मक घर अहिले पनि उस्तै छन् । यहाँको नारायण चोक संस्कृतिक विविधताले धनी छ । अहिले त्यही नारायणचोक क्षेत्रलाई मौलिक शहरको रुपमा विकास गरी पर्यटक चिनाउने अभियान थालिएको छ ।बागलुङ नगरपालिका–३ स्थित नारायणचोक आसपासका घर परम्परागत शैलीमा निर्माण भएका छन् । पर्यटकीय शहरका हिसाबले अझै महत्वपूर्ण मानिएको पुरानो शहरलाई स्थानीय र वडा कार्यालय मिलेर पर्यटन भित्र्याउनेगरी मौलिक शहरको रुपमा विकास गर्न थालिएको छ ।
नारायणचोकसँगै देउराली चोक, किराना टोल, नौबीसे टोल र कम्पुटोल बागलुङ बजारको पुरानो शहरमा पर्दछ । सय वर्ष पुरानो बागलुङ बजारको नारायणचोकमा रहेको भक्तिलाल चौपारी अहिले धपक्क बोलेको छ । चौपारीलाई बाँस र खरले छाइएको छ भने बक्तीले झिलीमिली पारिएको छ । बागलुङ नगरपालिका–३ वडा कार्यालय र स्थानीयको पहलमा गुमनाम बन्दै आएको बागलुङको पुरानो शहर संरक्षण गर्दै मौलिकता झल्कनेगरी सजाउन थालिएको छ ।
बढ्दो शहरीकरणको चापमा पुरानो शहर ओझेलमा पर्न थालेपछि स्थानीयले शहरको प्रचारप्रसारका लागि प्रवेशद्वार निर्माण, भक्तिलाल चौपारी पुनःनिर्माण, सजावट, सांस्कृतिक कार्यक्रम गर्ने र पर्यटकलाई स्थानीय खानाका परिकार चखाउन थालिएको हो । मौलिक शहरको रुपमा विकास गर्न भक्तिलाल चौपारीलाई सजाइएको छ भने पाँच वटा टोलको प्रवेशद्वारमा बाँसमाथी खरले छाएका प्रवेशद्वार बनाइएको छ । बढ्दो शहरीकरणका कारण मासिँदै गएको मौलिक शहरलाई जीवितै राख्नका लागि प्रचार–प्रसारमा जुटेको बागलुङ नगरपालिका–३ का वडा अध्यक्ष सनी केसीले बताउनुभयो ।
नेवारी बस्तीलाई मौलिक शहरको रुपमा स्थानीयको सक्रियतामा विकास गर्न थालिएको केसीको भनाइ छ । “अहिले पुरानो बजारलाई बेहुली झै सिगारिएको छ, उक्त शहरलाई सधैँ उस्तै बनाउने हाम्रो योजना हो, शहरको विभिन्न ठाउँलाई मौलिकरुपमा देखाउन सजाइएको छ, भक्तिलाल चौपारीमा नियमित सांस्कृतिक कार्यक्रम गरिन्छ” केसीले भन्नुभयो “स्थानीयले सहयोग सङ्कलन गरेका छन् भने वडा कार्यालयले दुई लाख ५० हजार बजेट विनियोजन गरेको छ, पर्यटकीय शहरको रुपमा विकास गरेर सुनसान पुरानो शहरलाई गुल्जार बनाउने हाम्रो योजना हो, अहिले शुक्रबार र शनिबार नियमित सास्कृतिक कार्यक्रम हुन्छ भने पुरानो बजारमा ठूला सवारीसाधान आउनका लागि रोक लगाइएको छ ।”
मुख्यतया नारायणचोक र देउराली चोकमा पर्यटक भित्र्याउनका लागि सडकमा ढुङ्गा छाप्ने र बन्दीपुरको झल्को दिनेगरी फूल लगाउने काम थालिएको हो । वडाको अभियानलाई स्थानीय नेवार समुदाय र अन्य समुदायले साथ दिनथालेका छन् । अहिले शुक्रबार र शनिबार साँझमा सांस्कृतिक कार्यक्रम गर्न थालिएको छ । जस्मा नेवारी र मगर सांस्कृति देखाउनसमेत थालिसकेको छ ।
विसं २०११ सालमा विपीसमेतले भक्तिलाल चौपारीमा उभिएर भाषण गरेको, नेवारी संस्कृति हनुमान नाँच र भदौरे नाँच यही चौपारीबाट निकालिँदै आएको र दसैँमा मालाश्री गाउने चौपारीलाई अहिले सिगारिएको किसानरा टोलका स्थानीय मुकेशचन्द्र राजभण्डारीले जानकारी दिनुभयो । भक्तिलाल चौपारी संस्कृति र राजनीतिको उद्गम थलको रुपमा रहेको राजभण्डारीको भनाइ छ । “मौलिक घर नै हाम्रा सम्पत्ती हुन् बन्दीपुरमा जस्तो पर्यटक भित्र्याउन नारायणचोकले सक्दछ, यहाँको नयाँ र पुरानो समुदायले पहिचानअनुसारको खानाका परिकार र आतिथ्यता दिनथालेका छन्” राजभण्डारीले भन्नुभयो “खासगरी नेवारी र मगर संस्कृति प्रदर्शन र परिकारले स्थानीय पर्यटक तान्नेछ भने यहाँको नारायणचोक र देउराली चोकको प्रचारप्रसार हुँनेछ ।”
सजाइएको पुरानो शहरले व्यापार बढाउने अपेक्षा गरेको स्थानीय रन्जितप्रसाद मलेपतीले बताउनुभयो । एक सय वर्षभन्दा पुरानो घरमा अझै डोको, नाम्लो, माछा मार्ने जालजस्ता सामग्री बिक्री गर्दै आउनुभएका मलेपतीले पुरानो बजारलाई पर्यटनसामु चिनाउन आवश्यक रहेको बताउनुभयो । आधुनिकतासँगै मौलिकतासमेतको समेत महत्व बढेर आएको उहाँको भनाइ छ । उहाँले यही पुरानोबजारबाट नयाँ बजार विस्तार भएको बताउदै पुरानो बजारलाई मौलिक शहरको रुपमा विकास गर्न स्थानीय लागेको बताउनुभयो ।
नारायणचोकमा दरबारको झल्कोदिनेगरी १९९५ सालमा ओम प्रसाद गौचनले निर्माण गरिएको ५२ झ्याले घर समेत संरक्षण गरी राखिएको छ । यहाँको पुरानो बस्ती अध्ययन अवलोकनकासमेत लागि महत्वपूर्ण मानिदै आइएको छ । यहाँको तीन सय वर्ष पुरानो हनुमान नाँच, लाखे नाँच, रोपाई नाँचलगायतका नाँचहरुले समय–समयमा प्रदर्शन गरिँदै आइएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











