पर्यटक भित्र्याउन तीन सय वर्ष पुरानो मौलिक शहरको प्रर्बद्धन
गलकोट (बागलुङ): अहिलेको बागलुङ बजार दुई सय ८४ वर्षभन्दा पुरानो हो । पुरानो बजारमा अहिलेपनि एक सय वर्षभन्दा पहिले बनाइएका कलात्मक घर अहिले पनि उस्तै छन् । यहाँको नारायण चोक संस्कृतिक विविधताले धनी छ । अहिले त्यही नारायणचोक क्षेत्रलाई मौलिक शहरको रुपमा विकास गरी पर्यटक चिनाउने अभियान थालिएको छ ।बागलुङ नगरपालिका–३ स्थित नारायणचोक आसपासका घर परम्परागत शैलीमा निर्माण भएका छन् । पर्यटकीय शहरका हिसाबले अझै महत्वपूर्ण मानिएको पुरानो शहरलाई स्थानीय र वडा कार्यालय मिलेर पर्यटन भित्र्याउनेगरी मौलिक शहरको रुपमा विकास गर्न थालिएको छ ।
नारायणचोकसँगै देउराली चोक, किराना टोल, नौबीसे टोल र कम्पुटोल बागलुङ बजारको पुरानो शहरमा पर्दछ । सय वर्ष पुरानो बागलुङ बजारको नारायणचोकमा रहेको भक्तिलाल चौपारी अहिले धपक्क बोलेको छ । चौपारीलाई बाँस र खरले छाइएको छ भने बक्तीले झिलीमिली पारिएको छ । बागलुङ नगरपालिका–३ वडा कार्यालय र स्थानीयको पहलमा गुमनाम बन्दै आएको बागलुङको पुरानो शहर संरक्षण गर्दै मौलिकता झल्कनेगरी सजाउन थालिएको छ ।
बढ्दो शहरीकरणको चापमा पुरानो शहर ओझेलमा पर्न थालेपछि स्थानीयले शहरको प्रचारप्रसारका लागि प्रवेशद्वार निर्माण, भक्तिलाल चौपारी पुनःनिर्माण, सजावट, सांस्कृतिक कार्यक्रम गर्ने र पर्यटकलाई स्थानीय खानाका परिकार चखाउन थालिएको हो । मौलिक शहरको रुपमा विकास गर्न भक्तिलाल चौपारीलाई सजाइएको छ भने पाँच वटा टोलको प्रवेशद्वारमा बाँसमाथी खरले छाएका प्रवेशद्वार बनाइएको छ । बढ्दो शहरीकरणका कारण मासिँदै गएको मौलिक शहरलाई जीवितै राख्नका लागि प्रचार–प्रसारमा जुटेको बागलुङ नगरपालिका–३ का वडा अध्यक्ष सनी केसीले बताउनुभयो ।
नेवारी बस्तीलाई मौलिक शहरको रुपमा स्थानीयको सक्रियतामा विकास गर्न थालिएको केसीको भनाइ छ । “अहिले पुरानो बजारलाई बेहुली झै सिगारिएको छ, उक्त शहरलाई सधैँ उस्तै बनाउने हाम्रो योजना हो, शहरको विभिन्न ठाउँलाई मौलिकरुपमा देखाउन सजाइएको छ, भक्तिलाल चौपारीमा नियमित सांस्कृतिक कार्यक्रम गरिन्छ” केसीले भन्नुभयो “स्थानीयले सहयोग सङ्कलन गरेका छन् भने वडा कार्यालयले दुई लाख ५० हजार बजेट विनियोजन गरेको छ, पर्यटकीय शहरको रुपमा विकास गरेर सुनसान पुरानो शहरलाई गुल्जार बनाउने हाम्रो योजना हो, अहिले शुक्रबार र शनिबार नियमित सास्कृतिक कार्यक्रम हुन्छ भने पुरानो बजारमा ठूला सवारीसाधान आउनका लागि रोक लगाइएको छ ।”
मुख्यतया नारायणचोक र देउराली चोकमा पर्यटक भित्र्याउनका लागि सडकमा ढुङ्गा छाप्ने र बन्दीपुरको झल्को दिनेगरी फूल लगाउने काम थालिएको हो । वडाको अभियानलाई स्थानीय नेवार समुदाय र अन्य समुदायले साथ दिनथालेका छन् । अहिले शुक्रबार र शनिबार साँझमा सांस्कृतिक कार्यक्रम गर्न थालिएको छ । जस्मा नेवारी र मगर सांस्कृति देखाउनसमेत थालिसकेको छ ।
विसं २०११ सालमा विपीसमेतले भक्तिलाल चौपारीमा उभिएर भाषण गरेको, नेवारी संस्कृति हनुमान नाँच र भदौरे नाँच यही चौपारीबाट निकालिँदै आएको र दसैँमा मालाश्री गाउने चौपारीलाई अहिले सिगारिएको किसानरा टोलका स्थानीय मुकेशचन्द्र राजभण्डारीले जानकारी दिनुभयो । भक्तिलाल चौपारी संस्कृति र राजनीतिको उद्गम थलको रुपमा रहेको राजभण्डारीको भनाइ छ । “मौलिक घर नै हाम्रा सम्पत्ती हुन् बन्दीपुरमा जस्तो पर्यटक भित्र्याउन नारायणचोकले सक्दछ, यहाँको नयाँ र पुरानो समुदायले पहिचानअनुसारको खानाका परिकार र आतिथ्यता दिनथालेका छन्” राजभण्डारीले भन्नुभयो “खासगरी नेवारी र मगर संस्कृति प्रदर्शन र परिकारले स्थानीय पर्यटक तान्नेछ भने यहाँको नारायणचोक र देउराली चोकको प्रचारप्रसार हुँनेछ ।”
सजाइएको पुरानो शहरले व्यापार बढाउने अपेक्षा गरेको स्थानीय रन्जितप्रसाद मलेपतीले बताउनुभयो । एक सय वर्षभन्दा पुरानो घरमा अझै डोको, नाम्लो, माछा मार्ने जालजस्ता सामग्री बिक्री गर्दै आउनुभएका मलेपतीले पुरानो बजारलाई पर्यटनसामु चिनाउन आवश्यक रहेको बताउनुभयो । आधुनिकतासँगै मौलिकतासमेतको समेत महत्व बढेर आएको उहाँको भनाइ छ । उहाँले यही पुरानोबजारबाट नयाँ बजार विस्तार भएको बताउदै पुरानो बजारलाई मौलिक शहरको रुपमा विकास गर्न स्थानीय लागेको बताउनुभयो ।
नारायणचोकमा दरबारको झल्कोदिनेगरी १९९५ सालमा ओम प्रसाद गौचनले निर्माण गरिएको ५२ झ्याले घर समेत संरक्षण गरी राखिएको छ । यहाँको पुरानो बस्ती अध्ययन अवलोकनकासमेत लागि महत्वपूर्ण मानिदै आइएको छ । यहाँको तीन सय वर्ष पुरानो हनुमान नाँच, लाखे नाँच, रोपाई नाँचलगायतका नाँचहरुले समय–समयमा प्रदर्शन गरिँदै आइएको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












