ताजा समाचार

गाजामा तत्काल युद्धविराम नगर्न प्रधानमन्त्री ‘बेन्जामिन नेतन्याहु’को निर्देशन

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायली सेनालाई गाजामा तत्काल युद्धविराम सुरु नगर्न निर्देशन दिएका छन् ।

बीबीसीका अनुसार हमासले रिहा गरिने बन्धकहरूको नाम उपलब्ध नगराएसम्म युद्धविराम लागु नगर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै इजरायली डिफेन्स फोर्सेस (आईडीएफ)लाई युद्धविराम सुरु नगर्न निर्देशन दिएको उल्लेख गरेको छ।

युद्धविराम स्थानीय समयअनुसार बिहान ८ः३० बजेबाट सुरु हुने तय भएको थियो। हमासले भने बन्धकहरूको नाम सार्वजनिक गर्न भएको ढिलाइ ‘स्थानीय प्राविधिक कारणहरू’का भएको स्पष्ट पारेको छ ।

इजरायली नेताले गए राति नै गाजामा युद्धविराम सम्झौताको पहिलो चरण ‘अस्थायी युद्धविराम’ मात्र भएको चेतावनी दिएका थिए । यदि सम्झौता तोडियो भने इजरायललाई युद्ध जारी राख्ने अधिकार हुने र यसमा उसलाई अमेरिकाको समर्थन हुने उनीहरूको भनाइ थियो ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले इजरायल अझै रिहा गरिने तीन बन्धकहरूको नाम पर्खिरहेको जनाएको छ । युद्धविराम सम्झौताअनुसार बन्धक रिहा गर्ने प्रक्रिया सुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अघि नाम उपलब्ध गराउनुपर्ने हुन्छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org