यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज स्थिर छ। निर्धारित विनिमयदर अनुसार, सिङ्गापुर डलर, चिनियाँ युआन, थाई भाटको मूल्य वृद्धि भएको छ। युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, जापानी येन, डेनिस क्रोनर, कुवेती दिनारको मूल्य भने घटेको छ।
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ८८ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपियाँ ०३ पैसा र बिक्रीदर एक सय ४२ रुपियाँ ६५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ६८ रुपियाँ २५ पैसा र बिक्रीदर एक सय ६८ रुपियाँ ९८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपियाँ १३ पैसा र बिक्रीदर एक सय ५१ रुपियाँ ७९ पैसा कायम गरिएको छ।
अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ६३ पैसा र बिक्रीदर ८६ रुपियाँ, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ४९ पैसा र बिक्रीदर ९५ रुपियाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपियाँ ९६ पैसा र बिक्रीदर एक सय एक रुपियाँ ४० पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर आठ रुपियाँ ८५ पैसा र बिक्रीदर आठ रुपियाँ ८९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ८८ पैसा र बिक्रीदर १८ रुपियाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८६ पैसा र बिक्रीदर ३७ रुपियाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९३ पैसा र बिक्रीदर ३८ रुपियाँ ०९ पैसा कायम भएको छ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०३ पैसा र बिक्रीदर चार रुपियाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६५ पैसा र बिक्रीदर ३७ रुपियाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ६९ पैसा र बिक्रीदर ३० रुपियाँ ८२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ४८ पैसा र बिक्रीदर नौ रुपियाँ ५३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ३५ पैसा र बिक्रीदर १२ रुपियाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपियाँ ०३ पैसा र बिक्रीदर १९ रुपियाँ १२ पैसा तोकिएको छ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ७६ पैसा र बिक्रीदर १७ रुपियाँ ८४ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४७ रुपियाँ ९७ पैसा र बिक्रीदर चार सय ४९ रुपियाँ ९२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपियाँ ८४ पैसा र बिक्रीदर तीन सय ६८ रुपियाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रुपियाँ १९ पैसा र बिक्रीदर तीन सय ६० रुपियाँ ७५ पैसा तोकिएको छ। यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा निर्धारण भएको छ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












