ताजा समाचार

सुनको भाउ तोलामा ९ सयले घट्यो

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनका लागि प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँ तय गरेकोमा आज १ लाख ५७ हजार तय गरेको छ ।

चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८९० रुपैयाँ रहेको चाँदी यस दिन १८६० रुपैयाँमा झरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org