खो खो विश्वकपमा इतिहास रचेको पुरुष र महिला टोलीलाई भव्य स्वागत
काठमाडौं । प्रथम खो खो विश्वकपमा उपविजेता बनेको नेपाली राष्ट्रिय पुरूष र महिला टोलीको त्रिभूवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । भारतमा भएको खेलमा विश्वकपमा उपविजेता बन्दै इतिहास रचेको नेपाली टोली सोमबार दिउँसो स्वदेश फर्किने क्रममा स्वागत गरिएको हो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य(सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा। हरिप्रसाद लम्साल, खो खो संघका अध्यक्ष प्रदीप महर्जनलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे । नेवारी धिमे बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजासहित टोलीको भव्य स्वागत गरिएको थियो ।
खो खो विश्वकप फाइनल हेर्न नयाँ दिल्ली नै पुगेका राखेप सदस्य(सचिव घिसिङ टिमभन्दा अगाडि नै काठमाडौं आइपुगेका थिए । हेमराज पनेरुको कप्तानीमा रहेको पुरुष टिम र सरस्वती कडायतको कप्तानीमा रहेको महिला टिमले उत्कृष्ट प्रदर्शन गर्दै खो खो विश्वकपको फाइनल पुगेको थियो । आइतबार भएको फाइनल खेलमा भने नेपालको दुवै टोली आयोजक भारतसँग पराजित भयो।
पुरूषतर्फ नेपाल भारतसँग ५४-३६ ले पराजित हुँदा महिलातर्फ पनि भारतसँगै ७८-४० ले पराजित भएको थियो । कुनै पनि खेलको टिम गेममा नेपाल विश्वकपको फाइनल पुगेको यो नै पहिलो पटक हो । खो खो को महिला र पुरुष दुवै टोली फाइनल पुग्दै इतिहास रच्दा अहिले यो खेलको सबैतिर चर्चा भइरहेको छ ।
Comments
अरु समाचार
-
असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको...
-
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ घोषणा
काठमाडौं । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुयाउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा...
-
प्रकृति लम्सालको शव आज नेपाल ल्याइने
काठमाडौं । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टेलमा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्सालको शव बुधबार...
-
‘लाज शरणम’ चलचित्रको प्रचारप्रसार रोक्न पाटन उच्च अदालतको आदेश
काठमाडौं – पाटन उच्च अदालतले ‘लाज शरणम’ चलचित्रको प्रचारप्रसार रोक्न अन्तरिम आदेश जारी गरेको छ। मंगलबार पूर्वमन्त्री मोहम्मद अफताव आलमको...
-
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौ । आज राष्ट्रिय प्रजातन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य...
-
आजको राशिफल: २०८१ फागुन ७ गते बुधबार
मेष: व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। अतिथिको रूपमा...
-
केआइआइटी घटनाकाे समस्या समाधान नगरिए अनुमतिपत्र स्थगित गर्ने मन्त्रालयकाे चेतावनी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति...
-
स्ववियूको निर्वाचन आगामी चैत ५ गते गर्ने
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय भएको छ । शिक्षा, विज्ञान तथा...
-
युगान्डा भ्रमणको लागि नेपाली महिला क्रिकेट टोलीको छनोट
काठमााडौं । युगान्डामा आयोजना हुने मैत्रीपूर्ण क्रिकेट खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रारम्भिक चरणमा १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको...