प्रधानमन्त्रीलाई चिसो लाग्यो, बालुवाटारमा आराम गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चिसोले बिरामी परेपछि बिहीबार पनि बालुवाटारमा आराम गरिरहेका छन् ।
मंगलबार बेलुका एउटा पार्टीमा भाग लिएर मध्यराति सरकारी निवास फर्किएका प्रधानमन्त्रीको घाँटीमा समस्या देखिएको थियो । घाँटीमा समस्या भएर स्वर भासिएपछि प्रधानमन्त्रीलाई चिकित्सकहरूले आराम गर्न सुझाएका छन् ।
मंगलबार रातिदेखि नै समस्या भएपछि ओलीले बुधबार बालुवाटारमा आराम गरेका थिए । तर भासिएको स्वर नखुलेपछि बिहीबार पनि उनी बालुवाटारमै भेटघाट बन्द गरेर आराम गरिरहेका छन् ।
बिहीबारका लागि तय भएका ओलीका कार्यक्रम सबै रद्ध भएका छन् । बिरामी परेपछि ओली बुधबार सशस्त्र प्रहरी बलको २४औँ वार्षिकोत्सव समारोहमा सहभागी भएनन् ।
प्रधानमन्त्री सहभागी हुने गरी बिहीबारका लागि तय भएका कार्यक्रम पनि रद्ध भएका छन् । ओली बिहीबार बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा सुरुङ मार्ग ब्रेक थ्रु कार्यक्रममा सहभागी हुन जाने तालिका थिए । तर बिरामी परेका कारण उनी ब्रेक थ्रु कार्यक्रममा जान पाएनन् ।
मंगलबार बेलुका ओलीले सरकारी निवास बालुवाटारमा नेकपा एमालेको सचिवालय बैठक राखेका थिए । त्यस बैठकले पूर्वउपाध्यक्ष वामदेव गौतमसँग सहकार्य गर्दै जाने निर्णय लिएको छ। उक्त बैठकपछि एउटा भोजमा गएका ओली त्यहाँबाट फर्किएपछि बिरामी परेका हुन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












