महाराष्ट्रमा गुडिरहेको रेल दुर्घटनामा चार नेपालीसहित १३ जनाको मृत्यु
काठमाडौं । भारतको महाराष्ट्र स्थित जलगाउँ रेल दुर्घटनामा परी मृत्यु हुने १३ जनामध्ये ४ जना नेपाली रहेका पुष्टि भएको छ ।
मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगपालिका– ४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा विक, उनका छोरा हिमु विक, कमलबजार नगरपालिका –४ चाल्साकी ६० वर्षिया जयकला विक रहेका छन् । त्यसमा अरु नेपालीहरु परे नपरेको सबै बिबरण भने आउन बाँकी नै छ ।
जलगाउँ जिल्ला प्रशासक आयुष प्रसादले “बुधबार साँझ भएको रेल दुर्घटनामा परी अहिलेसम्म १३ जनाको मृत्यु भएको र १० जना घाइते भएका आज जानकारी दिएका हुन् ।
बुधबार साँझ नजिकैको ट्र्याकबाट कर्नाटक एक्सप्रेस रेल अघि बढिरेका समय पुष्पक एक्सप्रेसको डिब्बामा आगलागी भएपछि यात्रुहरू रेलबाट झर्ने क्रममा गुडिरहेको रेलले धेरै मानिसहरूलाई ठक्कर दिएको थियो।
घाइतेहरूलाई सिभिल अस्पताल जलगाउँमा भर्ना गरिएको छ र उनीहरूको उपचार भइरहेको छ। रेल मन्त्रालयले जलगाउँ रेल दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही एक लाख ५० हजार भारतीय रूपैयाँ दिने घोषणा गरेको छ ।
रेलमन्त्री अश्विनी वैष्णवको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जलगाउँ रेल दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही एक लाख ५० हजार भारतीय रूपैयाँ, गम्भीर घाइतेलाई ५० हजार रूपैयाँ र सामान्य घाइते भएकालाई पाँच हजार रूपैयाँ दिने घोषणा गरिएको छ ।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेल दुर्घटनामा मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समा जारी एक सन्देशमा मोदीले भनेका छन्, “महाराष्ट्रको जलगाउँमा रेलको लिकमा भएको दुःखद दुर्घटनाबाट मर्माहत छु।
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्णवीसले पनि जलगाउँ रेल दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई पाँच लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् । घाइतेको सम्पूर्ण उपचार खर्च पनि प्रदेश सरकारले व्यहोर्ने उनले बताएका छन् ।
Comments
अरु समाचार
-
युवाहरु सडकमा उत्रिन सरकारको अनुमति पर्दैनः ओली
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओलीले पार्टीका युवाहरुलाई सडकमा उत्रन निर्देशन दिएका छन् । अध्यक्ष ओलीले...
-
‘उत्साहजकरुपमा हुँदैछ मतदाता नामावली संकलन’
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नामावली संकलन कार्य तीव्र गतिमा जारी रहेको छ। निर्वाचन आयोगका प्रवक्ता...
-
बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ बराबरको बीमा दाबी
काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९०...
-
भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन
देवदह (रुपन्देही) । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार...
-
टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार
काठमाडौं । पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई...
-
असोज महिनामा देशभर एक सय ८५ आगलागीका घटना
काठमाडाैं । गएको असोज महिनामा देशभर एक सय ८५ वटा आगलागीका घटना भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क...
-
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै, केही क्षेत्रमा वर्षा र हिमपात
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज दिउँसो कोशी, गण्डकी...
-
लिग-२ : नेपालको लगातार चौंथो हार, अन्तिम खेलमा युएईले ४ विकेटले हरायाे
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ। बुधबार दुबईमा भएको अन्तिम...
-
दशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म गर्ने निर्णय
काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद यसै वर्ष फागुनमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बुधबार बसेको १२३औं बोर्ड...












