महाराष्ट्रमा गुडिरहेको रेल दुर्घटनामा चार नेपालीसहित १३ जनाको मृत्यु
काठमाडौं । भारतको महाराष्ट्र स्थित जलगाउँ रेल दुर्घटनामा परी मृत्यु हुने १३ जनामध्ये ४ जना नेपाली रहेका पुष्टि भएको छ ।
मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगपालिका– ४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा विक, उनका छोरा हिमु विक, कमलबजार नगरपालिका –४ चाल्साकी ६० वर्षिया जयकला विक रहेका छन् । त्यसमा अरु नेपालीहरु परे नपरेको सबै बिबरण भने आउन बाँकी नै छ ।
जलगाउँ जिल्ला प्रशासक आयुष प्रसादले “बुधबार साँझ भएको रेल दुर्घटनामा परी अहिलेसम्म १३ जनाको मृत्यु भएको र १० जना घाइते भएका आज जानकारी दिएका हुन् ।
बुधबार साँझ नजिकैको ट्र्याकबाट कर्नाटक एक्सप्रेस रेल अघि बढिरेका समय पुष्पक एक्सप्रेसको डिब्बामा आगलागी भएपछि यात्रुहरू रेलबाट झर्ने क्रममा गुडिरहेको रेलले धेरै मानिसहरूलाई ठक्कर दिएको थियो।
घाइतेहरूलाई सिभिल अस्पताल जलगाउँमा भर्ना गरिएको छ र उनीहरूको उपचार भइरहेको छ। रेल मन्त्रालयले जलगाउँ रेल दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही एक लाख ५० हजार भारतीय रूपैयाँ दिने घोषणा गरेको छ ।
रेलमन्त्री अश्विनी वैष्णवको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जलगाउँ रेल दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही एक लाख ५० हजार भारतीय रूपैयाँ, गम्भीर घाइतेलाई ५० हजार रूपैयाँ र सामान्य घाइते भएकालाई पाँच हजार रूपैयाँ दिने घोषणा गरिएको छ ।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेल दुर्घटनामा मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समा जारी एक सन्देशमा मोदीले भनेका छन्, “महाराष्ट्रको जलगाउँमा रेलको लिकमा भएको दुःखद दुर्घटनाबाट मर्माहत छु।
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्णवीसले पनि जलगाउँ रेल दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई पाँच लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् । घाइतेको सम्पूर्ण उपचार खर्च पनि प्रदेश सरकारले व्यहोर्ने उनले बताएका छन् ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












