गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने
काठमाडौं । युद्धग्रस्त मध्यपूर्वी मुलुक गाजामा रहेका भग्नावशेष हटाउन पाँच बर्षसम्म लग्ने प्यालेष्टिनी अधिकारीले बताएका छन् ।
पर्याप्त रकम र उपकरण उपलब्ध भएमा इजरायलसँगको द्वन्द्वका क्रममा गाजामा रहेको भग्नावशेष हटाउन तीनदेखि पाँच वर्ष लाग्न सक्ने प्यालेस्टिनी सार्वजनिक संरचना निर्माण तथा आवास मन्त्री अहेद बिसिसोले बताएका छन् ।
विस्फोटक पदार्थ पत्ता लगाउनका लागि स्रोत, कोष र विशेष उपकरणहरू सुरक्षित गर्न, र भग्नावशेष उठाउन, सामान छुट्टाउन र ढुवानी गर्न तीनदेखि पाँच बर्ष लाग्नसक्ने अनुमान गरिएको बिसिसोले प्यालेस्टिनी समाचार संस्था सँग बताएका छन्।
उनले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) लगायत विभिन्न संस्थासँग सडक खुलाउने र भग्नावशेष हटाउने प्रक्रियामा समन्वयका लागि आफ्नो मन्त्रालयले काम गरिरहेको बताए ।
अर्को चरणमा विद्यालय, अस्पताल र मस्जिदसहित १५० वटा सार्वजनिक भवनको भग्नावशेष हटाउने र सडक पुनः सञ्चालन गर्ने विषयमा केन्द्रित हुने बिसिसोले बताए ।
“पेश गरेको दुई करोड ५० लाख क्षतिको स्थानीय बासिन्दाले पेश गरेको प्रतिवेदनमा आधारित विस्तृत अध्ययन पूरा भएको छ,” बिसिसोले भने ।
वेस्ट बैङ्क र गाजा दुवैको स्थितिलाई सम्बोधन गर्न एउटा कार्य दल स्थापना गरिएको छ । बिसिसोले भने, “प्रारम्भिक जानकारी अनुसार इजरायली आक्रमणका कारण लगभग चार लाख आवासीय एकाइहरू पूर्ण वा आंशिक रूपमा नष्ट भएका छन् । दाताहरूको समन्वयमा दुई लाख नयाँ एकाईहरूको निर्माण गरिनुपर्ने आवश्यकता देखिएको छ ।”
आंशिक रुपमा क्षति भएका घरहरूको मर्मत सम्भार गर्न र घरहरू पूर्ण रुपमा ध्वस्त भएकाहरूलाई अस्थायी आवास उपलब्ध गराउन साझेदारहरूसँग मिलेर काम गर्ने मन्त्रालयको योजना छ ।
उनका अनुसार आफन्तसँग बस्ने परिवारले आर्थिक क्षतिपूर्ति पाउनेछन् । संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार २० लाखभन्दा बढी जनसङ्ख्या रहेको गाजामा पाँच करोड टनभन्दा बढी भग्नावशेष हटाउन आवश्यक छ र यसका लागि करिब एक अर्ब २० करोड अमेरिकी डलर को लागत लाग्नेछ ।
गाजास्थित प्यालेष्टिनी सरकारी सञ्चारमाध्यम वाफाको कार्यालयले युद्धविरामपछिको आफ्नो पहिलो मूल्याङ्कनमा गाजा पट्टीको ८८ प्रतिशत क्षेत्रमा क्षति पुगेको र प्रारम्भिक क्षति ३८ अर्ब डलरभन्दा बढी भएको अनुमान गरेको छ ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











