‘अब बिगतका जस्तो पढ्न पाएर मात्र हुँदैन ’
गोरखा: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई पहिलो प्राथामिकतामा राखेर लगानी गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । गोरखा नगरपालिका–८, आहालेस्थित श्री सरस्वती माध्यामिक विद्यालयको स्वर्ण जयन्ती तथा अभिभावक दिवस समारोहको समापन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्नुहुँदै उहाँले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि अहिलेको लगानी पर्याप्त नभएको उल्लेख गर्नुभयो ।
‘‘अहिले शिक्षामा दश प्रतिसत मात्र सरकारको लगानी छ, यसलाई बढाउनुपर्छ, संघीय, प्रदेश र स्थानीय सरकार तीनै तहवाट शिक्षामा कति लगानी गर्ने भन्ने पनि सुनिश्चित गर्नुपर्छ, मन्त्री भट्टराईले भन्नुभयो, ‘‘अहिलेको लगानीलाई बढाएर कुल बजेटको २० प्रतिसत शिक्षामा लगानी गर्नका लागि सङ्घीय सरकारले आफुलाई तयार गर्नुपर्छ ।’’शिक्षालाई थप गुणस्तरीय बनाउन सरकारले लगानी बढाउनुपर्ने बेला आएको जनाउँदै उहाँले सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नतीका लागि समुदायसमेत सचेत र जागरुक हुनुपर्नेमा जोड दिनुभयो । ‘‘शिक्षामा लगानी बढाउने कुरा हामीले अन्तराष्ट्रिय रुपमा पनि प्रतिवद्धता व्यक्त गरेका छौ, मन्त्री भट्टराईले भन्नुभयो, ‘‘राष्ट्रिय रुपमा हाम्रो संविधानले नै शिक्षामा लगानी गर्नुपर्ने कुरा निदृष्ट गरेको छ ।’’
मन्त्री भट्टराईले सवैभन्दा पहिला संस्थागत विद्यालय राम्रो र सार्वजनिक विद्यालय नराम्रो भन्ने सोचलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । ‘‘सार्वजनिक विद्यालयमा राम्रो शिक्षा पाएका थुप्रै उदाहरण छन्, उहाँले भन्नुभयो, ‘‘सार्वजनिक विद्यालयमा सिङ्गो समुदायले गरेको मेहनत र सरकारले दिएको साथमा अपर्याप्त छ भने सवैको खवरदारी गर्नु जरुरी हुन्छ ।’’
ऐन, कानुन र नीति नियममा भएका सवै खालका समस्याको हल गरेर शिक्षा क्षेत्रको विकासका लागि सरकार अघि बढिरहेको उहाँले बताउनुभयो । ‘‘आज पढ्न पाएर मात्र भएन, कस्तो विद्यालयमा पढ्ने, कहाँ पढ्ने, शिक्षकहरु कस्तो हुनुहुन्छ, कसरी पढाउनुहुन्छ, कस्तो पाठ्यपुस्तक छ, यी समग्र अवस्थामा आधारमा विद्यार्थी विद्यालयमा आउछन्, मन्त्री भट्टराईले भन्नुभयो, ‘‘अब हिजोको जस्तो पढ्न पाएर मात्र हँुदैँन ।’’
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












