आजको राशिफल: २०८१ माघ १४ गते साेमवार
मेष: अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ। तापनि, गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। प्रयत्न गर्दा सम्भावना खोजी गर्ने समय छ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्।
वृष: सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन्। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न केही समय लाग्नेछ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। अवसरका लागि चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। नयाँ योजनातर्फ लगानीमा जाेखिम बढ्नेछ। स्वास्थ्यका लागि आहार–विहारमा सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ, स्वास्थ्य समस्याले कमजोरी अनुभूति हुनेछ।
मिथुन: अरूकाे विश्वास गर्दा गोपनीयता बाहिरिन सक्छ। अवसरवादीहरूले फाइदा उठाउन सक्छन्। वादविवादले समस्या निम्त्याउन सक्छ। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। लाभ उठाउने समयमा अलि हाेसियार रहनुपर्ला। आलाेचकहरूबाट अलि सावधान रहनुहाेला। मिहिनेतीहरूलाई उपलब्धि प्राप्त हुनेछ।
कर्कट : रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ। प्रतिकूल परिस्थितिका बाबजुद लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने उपलब्धि जोगाउन सफल भइनेछ।
सिंह अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पर्नेछ। समयकाे सदुपयोग गर्न नसकिएला। अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ। सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ। व्याहारिक अलमलले आँटेका काममा बाधा पुर्याउनेछ।
कन्या परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्नेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। फाइदा मात्र हेर्दा आलोचित भइनेछ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ।
तुला प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ। परिश्रम परे पनि समय फलदायी रहनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ।
वृश्चिक वादविवादबाट टाढा रहनुहोला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला, आजको मिहिनेतले भविष्यमा फाइदा दिलाउनेछ। आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ।
धनु पहिलेको सफलताले हौसला जगाउनेछ। आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रयत्न गरेको काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर पनि प्राप्त हुनेछ। व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ।
मकर आवश्यकताका वस्तु जुटाउन समेत समय लाग्नेछ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। अधिक खर्च हुनेछ र व्यवहार चलाउन पनि कर्जामार्फत धन जुटाउनुपर्ने हुन सक्छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई बाँड्नुपर्ला।
कुम्भ सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। नसाेचेकाे आम्दानी हुनाले दैनिकी खर्चिलाे बन्न सक्छ। पछिका लागि सञ्चय गर्न सकिनेछ। नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा नयाँ कामतर्फ अग्रसर भइनेछ।
मीन विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। व्यापारमा लगानी बढाउन सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ।
Comments
अरु समाचार
-
प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुभारम्भ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुभारम्भ भएको छ । विश्व क्यान्सर...
-
नेपाललाई जितका लागि १०७ रनको लक्ष्य
काठमाडौँ । त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको खेलमा थाइल्याण्डले नेपाल सामू जितका लागि १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित...
-
आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप, ढुक्क भएर लगाउन आग्रह
काठमाण्डौ । आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ अभियान सञ्चालन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौको शिवपुरी...
-
आजको राशिफल : २०८१ माघ २२ गते मंगलवार
मेष पहिलेकै कमजोरी दोहोरिन सक्छ। सुन्दर पहिरनद्वारा व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। मनोरञ्जन र अतिथि सत्कारमा खर्च बढ्न सक्छ। रमाइलो...
-
त्रिदेशीय महिला टी–२० शृङ्खलामा आज नेपाल र थाइल्यान्डको भिडन्त
काठमाण्डौ – त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र थाइल्यान्ड खेल्दैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने खेल...
-
बुढासुब्बा गोल्डकपः जागृति क्लबलाई हराउँदै आरटीसी सेमिफाइनलमा
काठमाडौं । राष्ट्रिय जागृति क्लब इटहरीलाई हराउँदै भुटानको आरटीसी फुटबल क्लब २५औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।...
-
युरोपेली संघलाई पनि कर बढाउने अमेरिकी राष्ट्रपति ट्रम्पको संकेत
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घ (ईयू) का देशहरूबाट आयात हुने सामानमा कर बढाउने सङ्केत गर्नुभएको छ...
-
मुलुकको कूल व्यापार घाटा सात खर्ब २३ अर्ब
काठमाडौं । मुलुकको कूल व्यापार घाटा रु सात खर्ब २३ अर्ब ५८ करोड बराबर पुगेको छ । चालु आर्थिक वर्षको...
-
वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड
काठमाडौं । वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले झण्डै रु ५६ अर्ब ८३ करोड बराबर खर्च गरेका छन् । नेपाल राष्ट्र...