आफ्ना नागरिकलाई अपराधी झैँ व्यवहार नगर्न कोलम्बियाको चेतावनी
कोलम्बिया । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाको सामानमा थप कर लगाउने तथा प्रतिबन्ध गर्ने घोषणा गरेका छन्। कोलम्बियाले फर्काइएका आप्रवासी बोकेको प्लेनलाई कोलम्बियाले फर्काइ दिएपछि ट्रम्पले यो घोषणा गरेका हुन्।
कोलम्बियाका राष्ट्रपतिले अमेरिकाबाट निर्यात सामानलाई यसैगरी थप शुल्क लगाउने बताउँदै आफ्ना नागरिकलाई नागरिक उड्डयन विमानबाट ल्याउने दाबी गरेका छन्। उनले आफ्ना नागरिकलाई अपराधी झैँ व्यवहार गर्न नमिल्ने चेतावनीसमेत दिए।
कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले ट्रम्पको ठुलो आलोचना गरेका छन्। उनले अमेरिकी समानमा ५० प्रतिशत अतिरिक्त कर लगाउने घोषणासमेत गरिसकेका छन्। यसैबीच कोलम्बियाले आफ्ना नागरिकलाई ‘प्रेसिडेन्टल प्लेन’ बाट ल्याउने बताएको छ। त्यस लगत्तै यो सवाललाई अमेरिकाले भने अस्वीकार गरेको छ।
अमेरिकी विदेशमन्त्री मार्क रुबियाले यसअघि नै सैन्य विमानबाट नागरिक ल्याउने कुरा कोलम्बियाले स्वीकार गरेको तर पछिल्लो समय त्यसमा असन्तुष्टि जनाएको आरोप लगाएका छन्।
सिकागोमा धरपकड सुरु गरेको ट्रम्प प्रशासनले सीमाका लागि जिम्मेवारी दिएको टम होम्यानले सीमामा सुरक्षाका लागि रकम बढाउन पर्ने बताएका छन्। उनले त्यहाँ आप्रवासी डिटेन्सन सेन्टरका लागि थप एक लाख बेड आवश्यक रहेको बताएका हुन्।
कोलम्बियापछि ब्राजिलले आफ्ना नागरिकलाई तल्लो तहको व्यवहार गरेको प्रतिक्रिया दिएको छ। विमानमा उनीहरूको हात चेनले बाँधिएको थियो।ब्राजिलले यो दुई देशको सम्झौता विपरीत भएको जनाएको छ।
Comments
अरु समाचार
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
पार्टीका नवनिर्वाचित सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्...












