आफ्ना नागरिकलाई अपराधी झैँ व्यवहार नगर्न कोलम्बियाको चेतावनी
कोलम्बिया । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाको सामानमा थप कर लगाउने तथा प्रतिबन्ध गर्ने घोषणा गरेका छन्। कोलम्बियाले फर्काइएका आप्रवासी बोकेको प्लेनलाई कोलम्बियाले फर्काइ दिएपछि ट्रम्पले यो घोषणा गरेका हुन्।
कोलम्बियाका राष्ट्रपतिले अमेरिकाबाट निर्यात सामानलाई यसैगरी थप शुल्क लगाउने बताउँदै आफ्ना नागरिकलाई नागरिक उड्डयन विमानबाट ल्याउने दाबी गरेका छन्। उनले आफ्ना नागरिकलाई अपराधी झैँ व्यवहार गर्न नमिल्ने चेतावनीसमेत दिए।
कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले ट्रम्पको ठुलो आलोचना गरेका छन्। उनले अमेरिकी समानमा ५० प्रतिशत अतिरिक्त कर लगाउने घोषणासमेत गरिसकेका छन्। यसैबीच कोलम्बियाले आफ्ना नागरिकलाई ‘प्रेसिडेन्टल प्लेन’ बाट ल्याउने बताएको छ। त्यस लगत्तै यो सवाललाई अमेरिकाले भने अस्वीकार गरेको छ।
अमेरिकी विदेशमन्त्री मार्क रुबियाले यसअघि नै सैन्य विमानबाट नागरिक ल्याउने कुरा कोलम्बियाले स्वीकार गरेको तर पछिल्लो समय त्यसमा असन्तुष्टि जनाएको आरोप लगाएका छन्।
सिकागोमा धरपकड सुरु गरेको ट्रम्प प्रशासनले सीमाका लागि जिम्मेवारी दिएको टम होम्यानले सीमामा सुरक्षाका लागि रकम बढाउन पर्ने बताएका छन्। उनले त्यहाँ आप्रवासी डिटेन्सन सेन्टरका लागि थप एक लाख बेड आवश्यक रहेको बताएका हुन्।
कोलम्बियापछि ब्राजिलले आफ्ना नागरिकलाई तल्लो तहको व्यवहार गरेको प्रतिक्रिया दिएको छ। विमानमा उनीहरूको हात चेनले बाँधिएको थियो।ब्राजिलले यो दुई देशको सम्झौता विपरीत भएको जनाएको छ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











