सरकारले संसदबाट ‘फास्ट ट्रयाक’ मा अध्यादेश पारित गर्ने
काठमाडौं । सरकारले संसदबाट ‘फास्ट ट्रयाक’ मा अध्यादेश पारित गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।
सरकारले ल्याएको अध्यादेशहरु संसदबाट फास्ट ट्रयाकमा पारित गर्दै छिटो कार्यान्वयनमा लैजाने निर्णय समेत भएको उनले बताए । अध्यादेशहरु कार्यान्वयनका लागि आवश्यक नियमावली बनाउने निर्णय भएको समेत मन्त्री गुरुङले जानकारी दिएका छन् ।
‘‘हिउँदे अधिवेशन माघ १८ गते सुरु हुँदैछ । यो हिउँदे अधिवेशनबाट हामीले राष्ट्रपतिबाट पारित भएका अध्यादेशहरुलाई संसदमा फास्ट ट्रयाकबाट संसदबाट पास गर्ने काम हुन्छ । ति अध्यादेशहरु कार्यान्वयनका लागि नियमावलीहरु तदारुकताका साथ बनाउने निर्णय गरेका छौं । अध्यादेश कार्यान्वयनमा जान्छ ।’’
यसैगरी, सरकारले भव्य रुपमा शहीद दिवस मनाउने भएको छ ।
उनकाअनुसार शहीद सप्ताहको बुधबार अन्तिम दिन भएकाले सरकारको तर्फबाट शहीदगेटमा शहीदप्रति श्रद्धाञ्जली अर्पण हुने र माल्यार्पण गरिने बताए । उनले शहीद दिवसको स्मरणमा काठमाडौंमा कार्यक्रमको आयोजना गरिने पनि जानकारी दिएका छन् ।
उनले भने, ‘‘भोलि सहिद सप्ताहको अन्तिम दिन हो । त्यसकारण भोलि सरकारको तर्फबाट शहीद दिवस मनाउने काम हुन्छ । भोलि प्रधानमन्त्रीसहित हामी सबै जना शहीदगेट जान्छौं । त्यहाँ शहीदहरुप्रति श्रद्धाञ्जली र माल्यार्पण हुन्छ । त्यसपछि हामी लैनचौर गएर श्रद्धाञ्जली अर्पण गर्छौं । त्यसपछि जहाँ ठाउँ खालि हुन्छ त्यहाँ हाम्रो कार्यक्रम हुन्छ ।’’
Comments
अरु समाचार
-
‘उत्साहजकरुपमा हुँदैछ मतदाता नामावली संकलन’
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नामावली संकलन कार्य तीव्र गतिमा जारी रहेको छ। निर्वाचन आयोगका प्रवक्ता...
-
बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ बराबरको बीमा दाबी
काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९०...
-
भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन
देवदह (रुपन्देही) । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार...
-
टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार
काठमाडौं । पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई...
-
असोज महिनामा देशभर एक सय ८५ आगलागीका घटना
काठमाडाैं । गएको असोज महिनामा देशभर एक सय ८५ वटा आगलागीका घटना भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क...
-
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै, केही क्षेत्रमा वर्षा र हिमपात
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज दिउँसो कोशी, गण्डकी...
-
लिग-२ : नेपालको लगातार चौंथो हार, अन्तिम खेलमा युएईले ४ विकेटले हरायाे
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ। बुधबार दुबईमा भएको अन्तिम...
-
दशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म गर्ने निर्णय
काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद यसै वर्ष फागुनमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बुधबार बसेको १२३औं बोर्ड...
-
भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख भन्दा बढीकाे फ्रोजन फ्रेन्च फ्राइज अमेरिका निर्यात
काठमाडौं । भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय ५८ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ पहिलो पटक अमेरिका निर्यात...












