ताजा समाचार

सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने विपक्षी दलको निर्णय

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् ।

नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेकोे बैठकले सरकारले विधि र प्रक्रियाभन्दा बाहिर गएर अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरुले अस्वीकार गर्ने निर्णय गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

भोलिदेखि सुरु हुने संसद्को अघिवेशनमा विपक्षी दलले जनताको सरोकारहरुलाई सशक्त ढंगले उठाउने लगायतका विषयमा पनि बैठकमा छलफल भएको प्रमुख सचेतक पाण्डेले जानकारी दिनुभयो ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपा नेता ध्रुवबहादुर प्रधान, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र यादव, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतको सहभागीता रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org