अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको विरोध गर्दा अचम्म लाग्छ : योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेश नै ठिक नभएको प्रतिक्रिया दिएकोमा आफूलाई अचम्म लागिरहेको बताएका छन् ।
आज शुक्रबारबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । भट्टराईले नेकपा एकीकृत समाजवादीतर्फ इंगित गर्दै अध्यादेशबाट जन्मिएको पार्टीले नै त्यसको विरोध गरिरहेकोमा अचम्म मानेको बताए ।
‘आज मलाई अचम्म त यो कुरामा लागिरहेको छ कि जुन अध्यादेशबाट जन्मिएको पार्टी हो त्यो पार्टी अध्यादेश ठिक छैन भनिरहेको छ,’ उनले भने, ‘अध्यादेशबाट जन्मिएको छ, अध्यादेश नै ठिक छैन भनिरहेको छ । यो चाहिँ अचम्म हुन लागेको छ नेपालमा ।’
२०७८ सालमा अध्यादेशमार्फत् नै पार्टी विभाजन गरेर माधवकुमार नेपालले एमाले विभाजन गरेका थिए । उनले ०७८ सालमा १६ वटा अध्यादेश आएको भन्दै त्यतिबेला प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली नभएको पनि जिकिर गरे ।
‘०७८ सालमा अध्यादेशको जम्मा १६ वटा अध्यादेश आएको रहेछ । त्यतिबेला त प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थेन । नेकपा एमाले सरकारमा थिएन । अध्यादेशको त बाढी नै चलेको थियो,’ उनले भने ।
Comments
अरु समाचार
-
ल्होसार पर्वले समृद्ध मुलुक निर्माणका लागि अघि बढ्न प्रेरणा प्रदान गरोस्: राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि...
-
आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक, राजनीतिक घटनाक्रम सम्बन्धमा छलफल हुने
काठमाडौं । आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बैठक बोलाएका...
-
नेमकिपाको आठौँ महाधिवेशन आजदेखि सुरु हुँदै
भक्तपुर । आजदेखि नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०को आठौँ महाधिवेशन सुरु हुँदै छ । महाधिवेशन यही फागनु १९ गतेसम्म चल्ने...
-
साइबर अपराधको अभियोजनबारे महान्यायाधिवक्ता कार्यालयद्धारा अन्तर्राष्ट्रिय गोष्ठी आयोजना
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले डिजिटल युगमा भइरहेका अपराधको अनुसन्धान एवं अभियोजनबारे अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरेको छ । विश्वभरमै डिजिटल अपराध...
-
साइबर अपराधको नियन्त्रण कुनै एक राष्ट्रको मात्र पहलमा सम्भव छैन्ः नायब महान्यायाधिवक्त घिमिरे
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्त डा.टेक बहादुर घिमिरेले डिजिटल अपराधहरू सीमाहीन भएकाले अपराधीहरू अन्तर्राष्ट्रिय कानुनी जटिलताहरूको फाइदा उठाउँदै अनुसन्धान...
-
पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिक पक्राउ परेका छन् । बुधबार राति दुबईबाट...
-
राष्ट्रपतिद्वारा ग्याल्पो लोसारको शुभारम्भ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पालगायत हिमाली, आदिवासी समुदायको नयाँ बर्ष श्यिङ मो डुल लो २१५२ ग्याल्पो ल्होसारको शुभारम्भ गरेका...
-
आज मगर एकता दिवस,सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम
काठमाडाैं । देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । मगर बाहुल्यता रहेको नवलपरासी...
-
आजको राशिफल : २०८१ साल फागुन १५ गते विहीबार
मेष नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत...