अमेरिकाले मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा थप कर उठाउन थाल्याे
वासिङटन डीसी । मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा अमेरिकाले आजदेखि थप कर लगाउँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल शुरू गर्दै विदेशी वस्तुहरूमा चर्को कर लगाउने चेतावनी दिनुभएको थियो । त्यसअनुसार मेक्सिको र क्यानडाका लागि २५र२५ प्रतिशत र चीनबाट उत्पादित वस्तु तथा सामग्रीमा १० प्रतिशत कर लगाउने समयसीमा आजदेखि लागू हुँदैछ ।
राष्ट्रपति ट्रम्पले यसअघि मेक्सिको र क्यानडाले अमेरिका प्रवेश गर्ने आप्रवासी र फेन्टनाइल औषधिको प्रवेश नरोके ‘ट्यारिफ’ लगाउने चेतावनी दिनुभएको थियो । आयातित सामानमा लगाइने करलाई ‘ट्यारिफ’ भनिन्छ । यदि कर लागू भएमा क्यानडा र मेक्सिकोको अर्थतन्त्रमा ठूलो क्षति पुग्ने जोखिम छ । किनभने यी दुवै देशले अमेरिकामा वस्तु निर्यात गर्छन् ।
अक्सफोर्ड इकोनोमिक्सका टोनी स्टिलोका अनुसार यसबाट ती देशसहित अमेरिकी उपभोक्ताका लागि पनि मूल्य वृद्धि हुन सक्छ । उहाँले यो आर्थिक मन्दीको जोखिम रहेको बताउनुभएको बीबीसीले जनाएको छ । भन्सार महसूल वृद्धिले औद्योगिक खरिदकर्ता र उपभोक्ता दुवैलाई धक्का दिनेछ र यसले मेसिनरीदेखि फलफूलसम्म सबै कुरालाई प्रभावित गर्नेछ । क्यानडा र मेक्सिकोले अमेरिकी घोषणाको चुनौतीलाइ सामना गर्ने जनाएका छन् । त्यस्तै चीनले पनि आफ्नो ‘राष्ट्रियहित’ को रक्षा गर्ने र व्यापार युद्धमा कोही पनि विजेता नहुने बताएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











