विपद् प्राधिकरणमा योग्यताविपरीतको उम्मेदवार, कार्यकारी प्रमुख बनाउन काँग्रेसको कसरत
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि छनौट भएका एक उम्मेदवार तोकिएको योग्यताविपरीत रहेको खुलेको छ । छनौटमा परेका पाँच जनामध्ये एक उम्मेदवारको योग्यता छनौट समितिले तोकेकोविपरीत भएको पाइएको हो । गत मंसिर १४ गते प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि दरखास्त आह्वान भएको थियो ।
दरखास्त दिने उम्मेदवार नेपाली नागरिक भएको, नेपाल सरकारद्धारा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, विपद् व्यवस्थापनको क्षेत्रमा अधिकृतस्तर वा सोभन्दा माथिल्लो स्तरमा कम्तीमा १० वर्ष कार्यअनुभव भएको, नैतिक पतन देखिने फौजदारी अभियोग सजाय नपाएको, राजनीतिक दल वा संगठनको सदस्यता नलिएको हुनुपर्नेलगायतका योग्यता तथा शर्त तोकिएको थियो ।
यस्तो छ विपद् प्राधिकरणको कार्यकारी प्रमुखको योग्यताको विवरणः
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिले ‘छनौटसम्बन्धी कार्यविधि, २०८१’ को दफा १२ को खण्ड घ को ५ बमोजिम छनौट भएका उम्मेदवारको कार्ययोजना प्रस्तुतिकरणसमेत गराइसकेको छ । गज्जबको कुरो के भने, योग्यताविपरीत रहेका ती उम्मेदवारको पनि प्रस्तुतिकरण भइसकेको छ ।
उनी हुन्, बैतडीको दशरथचन्द नगरपालिका ४ का दिनेशप्रसाद भट्ट । सूचनामा स्पष्ट रुपमा राजनीतिक दल वा संगठनको सदस्यता नलिएको हुनुपर्ने उल्लेख छ । तर, उनी २०४७ सालदेखि नै राजनीतिमा सक्रिय रहेको तथ्य फेला परेको छ । तत्कालीन समयमा बैतडीको पञ्चदेवल माविमा नेपाली काँग्रेसको संगठन नेविसंघको ईकाई कोषाध्यक्ष रहेका उनी २०५३ देखि २०५५ सालसम्म पनि नेविसंघमै आबद्ध थिए ।
२०५७ सालमा उनी पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्ववियु सदस्य भए । २०५९ देखि २०६४ सम्म उनी नेविसंघको केन्द्रीय सदस्य थिए । उनले नेविसंघको शिक्षा विभाग प्रमुखको रुपमा पनि काम गरे । २०६४ पछि उनी काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको केन्द्रीय सदस्य बने । २०७० सालमा भएको दोस्रो संविधान सभामा सभासद पदका लागि उनी नेपाली काँग्रेसको क्षेत्र र जिल्ला समितिबाट प्रस्तावित भएका थिए । २०७२ सालमा उनी काँग्रेसको १३ औं महाधिवेशन प्रतिनिधि थिए । २०७३ सालमा उनी नेपाल तरुण दलको केन्द्रीय पार्षद बने ।
उनले ‘काँग्रेसका तरुण दलहरुले गर्नुपर्ने काम’ शीर्षकमा अनलाइनखबरमा लेखसमेत प्रकाशित गरेको पाइन्छ । उनले प्रकाशीत गरेको लेख यसप्रकार छ(https://www.onlinekhabar.com/2016/11/500194/कांग्रेसका-तरुणहरुले-गर्) त्यसैगरी, उनले काँग्रेसको १३ औं महाधिवेशनमा मतदान गरेको पनि खुलेको छ । उनले नेपाल प्रजातन्त्रवादी इन्जिनियर एसोसिएसनका तर्फबाट महाधिवेशन प्रतिनिधि चुनिएर माहाधिवेशनमा सहभागिता जनाएको समाचार यसप्रकार छ, https://pahilopost.com/content/-13799.html राजनीतिक क्षेत्रमा लामो इतिहास भएका उनलाई गृह मन्त्रालयमातहत रहेको महत्वपूर्ण निकायको कार्यकारी प्रमुखका लागि छनौट गर्नुले ‘दालमा केही कालो’ भएको शंका गरिएको छ । काँग्रेसको जोडबलमा उनलाई कार्यकारी प्रमुख बनाउने चलखेल गरिएको बुझिएको छ ।
‘उनी पहिल्यैदेखि काँग्रेसी हुन् । विद्यार्थी जीवनदेखि नै उनी काँग्रेसको संगठनमा आबद्ध छन् । हाल उनलाई प्राधिकरणको कार्यकारी प्रमुखको लागि छनौट गरिएको छ । उनलाई नै प्रमुख बनाउन भित्रभित्रै ठूलो चलखेल पनि भइरहेको छ । एमालेसँग गठबन्धनको सरकार भएकाले उनलाई ल्याउन काँग्रेस निकै प्रयासरत छ’,स्रोतले भन्यो ।
छनौट समितिका संयोजक गोकर्णमणि दुवाडीसँग यसविषयमा सोध्न खोज्दा सम्पर्क हुन सकेन् ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












