बन्दका कारण पूर्वको जनजीवन प्रभावित
काठमाडौं । ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण अन्तरदलिय राजनीतिक पार्टीहरुले गरेको बन्दका कारण पूर्वी जिल्लाको जनजीवन प्रभावित भएको छ ।
मुकुम्लुङ अन्तरदलिय राजनीतिक पार्टीले माघ २० र २१ गते अरुणपूर्व नौ जिल्ला (ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा) बन्दको आह्वान गरेको छ ।
बन्दका कारण कोशी पहाडका जिल्लामा सवारी साधन ठप्प बनेका छन् । कोशी राजमार्ग धरानबाट धनकुटा हुँदै तेह्रथुम र संखुवासभा जाने तथा पहाडी क्षेत्रबाट तराई जाने सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।
त्यस्तै, तमोर करीडोर ठप्प हुँदा धनकुटाको गढतिर क्षेत्र तथा ताप्लेजुङ, पाँचथरलगायतको स्थानमा सञ्चालन हुने सवारीसाधन चल्न सकेको छैनन् । धरानबाटै सवारीसाधन नआएका कारण यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण समितिले केहि दिन अघिबाट मेचि राजमार्ग तथा तमोर करीडोर बन्द गर्दै आएकोमा आइतबारबाट भने अरुण पूर्व बन्द गरिएको मुकुम्लुङ संघर्ष समितिका सुनसरी संयोजक जेन्टल लावतीले जानकारी दिए ।
Comments
अरु समाचार
-
पूर्वराजा शाह चार्टर्ड विमानबाट काठमाडौं आइपुगे
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह समिट एअरको चार्टर्ड विमानबाट केही समयअघि काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता तेजबहादुर पौड्यालले...
-
वुमन्स डे कप: युगाण्डामाथि नेपालले रोमाञ्चक जित
काठमाडौं । युगाण्डामा जारी वुमन्स डे कप टी–२० आई प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ । टस...
-
पूर्व राजालाई स्वागत गर्न राजावादीहरु सडकमा
काठमाडौं । एकसाता लामो पोखरा घुमघामपछि काठमाडौं फर्कन लागेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा भब्य स्वागत गर्न राजावादीहरु सडकमा जम्मा...
-
रवि लामिछाने आज कास्की जिल्ला अदालतमा उपस्थित हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज कास्की जिल्ला अदालतमा दोस्रो तारेखका लागि उपस्थित हुनेछन्। लामिछाने...
-
सुदूरपश्चिम प्रदेश सभालाई प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्दै
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) सुदूरपश्चिम प्रदेश सभालाई विशेष सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले दिनको १ बजे...
-
संवैधानिक दायराभित्र रहन पूर्वराजालाई दलहरूको आग्रह
काठमाण्डाै ।पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न कार्यक्रममा सहभागी भइरहँदा र राजावादीहरूले सक्रियता बढाउँदै गर्दा मुख्य दलहरू सशङ्कित भएका छन् । सत्तारूढ...
-
च्याम्पियन्स ट्रफी: उपाधिका लागि आज भारत र न्युजिल्यान्ड खेल्दै
काठमाण्डाै । आईसीसी च्याम्पियन्स ट्रफीको उपाधिका लागि आज भारत र न्युजिल्यान्ड खेल्दैछन् । फाइनल खेल दुबईमा दिउँसो पौने ३ बजे...
-
आजको राशिफल : २०८१ फागुन २५ गते आइतबार
मेष विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने...
-
तिब्बतमा भूकम्प गयो, काठमाडौंमा समेत धक्का महसुस
काठमाडौं । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको छ...