ताजा समाचार

यू-१९ महिला टी-२० विश्‍वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा परिन् पुजा

काठमाडौं । यु–१९ विश्वकपको टीम अफ द टुर्नामेन्टमा नेपालकी कप्तान पूजा महतो परेकी छन् ।

आईसीसीले मलेसियामा आइतबार सकिएको यू–१९ विश्वकपमा सहभागीमध्ये उत्कृष्ट १२ खेलाडीको सूची सार्वजनिक गर्दा नेपालकी कप्तान पूजा पनि अटाएकी हुन् । पूजाले उक्त विश्वकपमा ७० रनसहित ९ विकेट लिएकी थिइन् ।

सूचीमा भारतका ४ खेलाडी परेका छन् । दक्षिण अफ्रिकाका ३, इङ्ग्ल्याण्डका २, श्रीलंका र अस्ट्रेलियाका १–१ खेलाडी सूचीमा अटाएका छन् ।

भारतबाट गोंगडी तृषा, जी कमलिनी, आयुषी शुक्ला र वैष्णवी शर्मा छन् । दक्षिण अफ्रिकाका जेम्मा बोथा, कायला रेनेके र न्थाबिसेङ निनि, इङ्ग्ल्याण्डका डेभिना पेरिन, कटिइ जोन्स, श्रीलंकाकि चामोदी प्रबोद र अस्ट्रेलियाकि काइम्हे ब्रेउ पनि टोलिमा परेका छन् ।

आइतवार फाइनलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै भारतले उपाधि जितेको थियो । विश्व कपमा पहिलो पटक सहभागिता जनाएको नेपालले समूह चरणका ३ नै खेल गुमाएको थियो ।

प्लेअफमा भने नेपालले आयोजक मलेसियालाई पराजित गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org