महिला टी-२०आई शृंखला : चौथो हारसँगै उपाधि होडबाट बाहिरियाे नेपाल
काठमाडौं । महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजमा नेपालको हारको शृंखला रोकिएको छैन ।
त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलमा नेपाल थाइल्यान्डसँग पाँच रनले पराजित भयो । लगातार चौथो हारसँगै सिरिजको फाइनलमा पुग्ने नेपालको सम्भावना सकिएको छ ।
लगातार चौथो जितसँगै थाइल्यान्ड उपाधि नजिक पुगेको छ । जितका लागि थाइल्यान्डले दिएको एक सय सात रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा आठ विकेटको क्षतिमा एक सय एक रनमा समेटिएको थियो ।
नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक २६ रन बनाउनुभयो । यस्तै कविता जोशीले २४, रोमा थापाले अविजित १९ र पूजा महतोले १८ रन बनाउनुभयो । बलिङमा थाइल्यान्डकी थिपात्चा पुथावङलले चार ओभरमा एक मेडनसिहित १० रन खर्चिँएर चार विकेट लिनुभयो । फान्निता मायाले दुई विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६ रन बनाएको थियो । थाइल्यान्डका लागि चनिदा सुथिराङले अविजित सर्वाधिक २७ रन बनाउनुभयो ।
यस्तै थिपाथ्चा पूथावोङले अविजित २५ र नानपत कोन्चारोन्काइले १९ रन बनाउनुभयो । बलिङमा नेपालकी मनीषा उपाध्यायले तीन विकेट लिनुभयो । पूजा महतो र रचना चौधरीले एक एक विकेट हात पार्नुभयो ।
लगातार चौथो जितसँगै थाइल्यान्ड आठ अङ्कसहित शीर्षस्थानमा रहेको छ । सिरिजमा अब थाइल्यान्डले नेपाल र नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ । नेपालले पनि थाइल्यान्ड र नेदरल्यान्ड्सँग एक एक खल खेल्न बाँकी छ ।
समान खेलबाट ६ अङ्क बनाएको नेलरल्यान्ड्स दोस्रो स्थानमा छ । नेपालले अङ्कको खाता खोल्न सकेको छैन । नेदरल्यान्ड्सको पनि शीर्ष स्थानमा रहेर उपाधि जित्ने सम्भावना बाँकी छ । नेपालले बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












