ताजा समाचार

सुनको भाउ दुई हजार दुई सय रुपैयाँले वृद्धि

काठमाडौं ।आज एकैदिन बजार सुनको भाउ दुई हजार दुई सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ६६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ६४ हजार सात सय रुपैयाँमा रहेको थियो । हिजो सुन तोलामा एक हजार नौ सय रुपैयाँले बढेको थियो । हिजो र आज दुई दिनमा सुनको भाउ तोलामा चार हजार एक सय रुपैयाँले बढेको हो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज ४५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org