महिला त्रिकोणात्मक टी–२०: नेपालको लगातार पाँचौँ हार
नेपालले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजमा लगातार पाँचौँ हार खेपेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटल पराजित भयो ।
यसअघिनै उपाधि दौडबाट बाहिरिएको नेपालले हरेक खेलमा राम्रो प्रदर्शन गरेपनि नजिता आफ्नो पक्षमा पार्न सकेको छैन । जितसँगै नेदरल्यान्ड्स उपाधि होडमा उभिएको छ ।
काठमाडौं । जितका लागि एक सय ४६ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९.४ ओभरमा बिनाविकेटको क्षतिमा एक सय ५१ रन जोड्दै लक्ष्य पूरा गरेको हो । नेदरल्यान्ड्सका लागि स्ट्रि कलिसले अविजित अर्धशतकीय इनिङ्स खेल्नुभयो ।
सतक पुर्याउन दुई रन बाँकी राख्नुभएकी उहाँले ६९ बलमा ११ चौका दुई छक्काको सहयोगमा ९८ रन बनाउनुभयो । फेवे मोन्केल्बोरले अविजित ४८ रन बनाउनुभयो ।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले चार विकेटको क्षतिमा एक सय ४५ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले अर्धशतक बनाउनुभयो । ५१ बलको सामना गर्नूभएकी महतोले पाँच चौकाको मद्दतमा ६२ रन बनाउनुभएको हो ।
यस्तै कप्तान इन्दु बर्माले ३७ बलको सामना गर्दै पाँच चौकाको मद्दतमा ३९ रन बनाउनुभयो भने रुबिना क्षत्रीले भने १७ बलमा २० रन बनाउनुभयो । बलिङतर्फ नेदरल्यान्डसका लागि आइरिस जुइलिङले दुई विकेट हात पार्नुभयो भने क्यारोलिन डे लेङ र हेदर सिजर्सले एकएक विकेट हात पर्नुभयो ।
नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डसम्बिलित सिरिजमा सबै टोलीले एक आपसमा तीन खेल खेलेपछि तालिकाको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । अहिले चार खेल जितेर आठ अङ्क बनाएको थाइल्यान्ड शीर्षस्थानमा रहेको छ ।
६ अङ्क बनाएको नेदरल्यान्ड्स दोस्रो स्थानमा छ । अङ्कको खाता खोल्न नसकेको नेपालको उपाधि दौड यसअघिनै सकिएको छ ।
Comments
अरु समाचार
-
पाथिभरा केबलकारले धार्मिक आस्था खल्बल्याउँदैन, पहिचानको प्रवर्द्धन गर्छ : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयहरुको साथ रहेको दाबी गर्नुभएको छ ।...
-
प्रदेशहरूको बजेट खर्च निराशाजनक: छ महिनामा १६ प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा प्रदेशहरूको बजेट खर्च निराशाजनक देखिएको छ । सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार...
-
पोखरा भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
काठमाडौं । पर्यटकीय राजधानी घोषण भएको एक वर्ष पुग्दै लाग्दा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष मनाउने...
-
खानेपानीमन्त्रीको कार्यकक्षमा आगलागीः ५० लाख बराबरको क्षति
काठमाडौं । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा...
-
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी
काठमाडौं । सिंहदरबारस्थित खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयमा आगलागी भएको छ। शनिबार अहिले बिहान आगलागी भएको हो। प्रहरीले आगलागी नियन्त्रणमा...
-
कर्मचारी बिदा गर्ने ट्रम्पको निर्णयलाई न्यायाधीशले रोक लगाए
न्युयोर्क – युएस एजेन्सी फर इन्टरनेसल डेभलपमेन्ट (युएसएड) का २२ सय कर्मचारीलाई बिदा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई न्यायाधीशले...
-
एसियन एम्पुटी फुटबलमा आज नेपाल र उज्वेकिस्तान भिड्दै
काठमाडौं– एसियन एम्पुटी फुटबल च्याम्पियनसिप प्रतियोगितामा आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान साढे ११ बजे बङ्गलादेशको ढाकास्थित...
-
आजको राशिफल: २०८१ माघ २६ गते शनिवार
मेष दोहोर्याएर प्रयास गर्दा रोकिएकाे काम बन्नेछ। आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। हडबड गर्ने बानीले पनि काम बिग्रन...
-
बैंकिङ क्षेत्रसम्बन्धी अफवाह र त्रास फैलाउनेलाई कारबाही गर्न माग
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था सम्बद्ध संस्थाहरूले बैंकिङ क्षेत्रलाई सुरक्षित राख्न तथा अफवाह र त्रास फैलाउनेलाई कानूनी कारबाही गर्नका...