ताजा समाचार

काँग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौं। सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक सुरु भएको छ ।

बिहीबार बिहान संसद्को ल्होत्से हलमा बैठक सुरु भएको हो । बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ पार्टी पदाधिकारी र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले दिनेछन्।

गत माघ १८ गते बसेको पार्टीको संसदीय दलको बैठकमा सांसदहरूले स्थानीय र प्रदेश तहको निर्वाचन आम निर्वाचनभन्दा पछाडि गर्न र पार्टीको महाधिवेशन ०८४ को निर्वाचनपछि गर्न माग गरेका थिए ।

सोही विषयमा मन्त्री र पदाधिकारीहरूले आज जवाफ दिनुहुनेछ । साथै आज बस्ने संसद्को बैठकमा सरकारले ल्याएको अध्यादेशबारे कसरी प्रस्तुत हुने लगायतका समसामयिक, राजनीतिक विषयहरूमा छलफल हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org