राष्ट्रिय आविष्कार केन्द्रद्वारा भेरी अस्पतालका २८ वटा बिग्रिएका उपकरण मर्मत
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रबाट खटिएको स्वास्थ्य विज्ञ प्राविधिकको टोलीले भेरी अस्पतालमा बिग्रिएर थन्किएका २८ वटा मेसिन मर्मत गरी पुनः प्रयोग गर्न मिल्ने बनाइदिएको छ ।
भदौ ५ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रसँग देशभरका १७ वटा ठूला संघीय अस्पतालमा बिग्रिएर वा प्रयोगविहीन अवस्थामा रहेका उपकरण मर्मतको सम्झौता गरेसँगै एक हप्ता अघि राष्ट्रिय आविष्कार केन्द्रको टोली भेरी अस्पतालमा आएको थियो ।
टोलीले एक हप्तामा २८ वटा मेसिन मर्मत गरी पुनः प्रयोग गर्न मिल्ने बनाइदिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले बताउनुभयो । आविष्कार केन्द्रबाट खटिएका इन्जिनियरहरू आविष्कार अधिकारी, अभिनव आनन्द दत्त र देवेन्द्र कुमार साहले आइसीयू, मेडिकल वार्ड, ल्याब्रोटरी, एनआइसीयू, अप्रेसन थिएटर, रेडियोलोजी, पेडियाट्रिक, ओपिडी वार्ड लगायतका बिग्रिएर थन्किएका मेसिनहरू मर्मत गरिदिएका हुन् ।
भेन्टिलेटर, नेवुलाइजर, अटोक्लेव, एनेस्थेसिया भेन्टिलेटर, सिटी स्क्यान, ओटी लाइट, डिइएक्सए स्क्यान लगायत २८ वटा उपकरण मर्मतपछि पुनः प्रयोग गर्न मिल्ने बनाइदिएको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदीले बताउनुभयो । राष्ट्रिय आविष्कार केन्द्रको टोलीले ५६ वटा मेसिनको अध्ययन गरेको थियो । ती मध्ये २८ वटा मर्मत गरे पनि बाँकी मेसिन मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रको माथिल्लो तहसँग समन्वय भइरहेको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदीले बताउनुभयो । १८ वटा मेसिन भने विक्रेता कम्पनीसँगको परामर्शमा मर्मत गर्न सकिने निष्कर्ष राष्ट्रिय आविष्कार केन्द्रको इन्जिनियर टिमले निकालेको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











