अमेरिकामा नेपालीभाषीको गोली हानी हत्या
काठमाडौं । अमेरिकाको ओहायो राज्यको न्यु अल्वानी भन्ने स्थानमा बसोवास गर्दै आएका एक जना नेपालीभाषी भुटानीको मङ्गलबार राती हत्या भएको छ ।
न्यु अल्वानी प्रहरीका अनुसार, मृत्यु हुनेमा ३० वर्षीय शेखर चापागाई छन् । त्यही कम्पनीका पूर्व कर्मचारी २८ वर्षीय व्रुस फोस्टरले अन्धाधुन्ध गोली चलाएर चापागाईको हत्या गरेको थियो । गोली लागेर सहकर्मी क्याले वेभरको पनि मृत्यु भएको र अरू चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
ओहायोको कोलम्बस नजिकै न्यु अल्वानीस्थित केडीसी वान नामक कस्मेटिक र ब्युटी उत्पादन कम्पनीमा कार्यरत रहेकै अवस्थामा त्यो व्यक्तिले गोली चलाएको थियो । हत्यारालाई प्रहरीले बुधबार बिहानै गिरफ्तार गरेको थियो । चापागाई केही वर्षअघि मात्र डेनवरबाट ओहायो बसाइँ आएका थिए ।
मृतक चापागाईँकी श्रीमती र एक छोरी रहेको बताइएको छ । प्रहरीका अनुसार, आगामी एक दुई हप्तामा नै उनकी श्रीमतीले अर्को सन्तानको जन्म दिनेछिन् ।
सो कम्पनीमा त्यसबेला एक सय ५० भन्दा बढी कर्मचारी कार्यरत थिए । जुन कम्पनीमा धेरै नेपाली कार्यरत छन् ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











