हिमालय कलेज अफ इन्जिनियरिङद्वारा आयोजित ‘ह्याकाथन प्रतियोगिता र करियर फेस्ट’ सुरु
काठमााडौं । ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङ्गद्वारा आयोजित ह्याकाथन प्रतियोगिता र करियर फेस्ट सुरु भएको छ । जसलाई ‘कोड यात्रा’ को नाम दिइएको छ ।
विद्यार्थीको सिपलाई उजागर गर्ने, नयाँ आइडियालाई मूर्त रुप दिने तथा विभिन्न कलेजका विद्यार्थीहरुको आइडियालाई एकअर्कासँग आदान प्रदान गर्ने उदेश्यले ह्याकाथनको आयोजना गरिएको हो। हिमालय कलेज अफ इन्जिनियरिङमा अध्ययनत विद्यार्थी क्लब हिमालय आईटि, हिमालय इलेक्ट्रोनिक्स एन्ड कम्प्यूटर र हिमालय रोवोटिक्स क्लवले संयुक्त रुपमा ह्याकाथन प्रतियोगिता र करियर फेस्टको आयोजना गरेका हुन् भन्दै कार्यक्रम आयोजक समितीका सदस्य आदिप राउतले जानकारी गराएका हुन।
कलेजकै प्रांगणमा आयोजित उक्त कार्यक्रमको लागि हिमालय कलेज अफ इन्जिनियरिङले भौतिक पूर्वाधार उपलब्ध गराएर सहयोग गरेको छ । कलेजका प्रिन्सिपल किशोर गौतमले विद्यार्थीले आयोजना गरेको यस कोड यात्रा कार्यक्रमले विद्यार्थीलाई आईटि क्षेत्रमा स्थापित हुन सहयोग पुर्याउने विश्वास व्यक्त गरे । औपचारिक कार्यक्रमको प्रमुख अथितिको रुपमा काठमाडौं विश्वविद्यालयका प्रा।डा। गजेन्द्र शर्मा रहेका थिए ।
सो अवसरमा प्रा.डा. गजेन्द्र शर्माले विद्यार्थीले आयोजना गरेका यस प्रकारका प्रोजेक्ट बेस कार्यक्रम प्रसंशनिय रहेको उल्लेख गर्दै उनले थपे– “नेपाल आईटि क्षेत्रमा अन्य देश भन्दा पछाडि रहेको छ । यसको मुख्य कारण गभरर्मेन्ट अवार्नेस र पव्लिक अवार्नेस नहुनु, ल्याक अफ पोलिसी हो ।” साथै उनले कोड यात्राको सफलताको कामना पनि व्यक्त गरे ।
ह्याकाथनमा काठमाडौं उपत्यकाको विभिन्न इन्जिनियरिङ्ग तथा आईटी ३५ कलेजका विद्यार्थीहरुको सहभागिता रहेको छ । ती कलेजका विद्यार्थीलाई ३५ टिममा विभाजन गरिएको छ । उक्त कार्यक्रमका लागि आयोजक पक्षले हरेक टिमलाई फरक फरक थिम दिनेछ । सोही थिममा आधारित रही विद्यार्थीहरुले आफ्नो प्रोजेक्ट बनाउनु पर्नेछ । प्रोजेक्ट सकाउनका लागि ४८ घण्टाको समय निर्धारण गरिएको छ । उक्त समयभित्र विद्यार्थीहरुले आफ्नो आइडियालाई कम्प्युटरको माध्यमबाट पूर्ण रुप दिनुपर्नेछ ।
तीन दिन अर्थात् २९ गते सम्म सञ्चालन हुने उक्त ह्याकाथनमा सहभागी विद्यार्थीहरुलाई कलेजमै खाने र बस्ने व्यवस्था मिलाइएको छ । कार्यक्रमको अन्तिम दिनमा कुन टिमले उत्कृष्ट प्रोजेक्ट बनायो भनेर निर्णय गरी विजेता घोषणा गरिनेछ ।
त्यसैगरी आईटि र इन्जिनियरिङ अध्ययन गरेका विद्यार्थीहरुलाई सहजै बजारसँग आवद्ध गराउने उदेश्यले करियर फेस्टको आयोजना पनि गरिएको छ । सहज रुपमा विद्यार्थीलाई जागिर र इन्टर्नसीपको लागि विभिन्न आइटी कम्पनीहरुसँग सहकार्य गर्ने हेतुले करियर फेस्टको आयोजना गरिएको हो ।
यस कार्यक्रममा हिमालय कलेज लगायत अन्य आईटी र इनिजनियरिङ कलेजका विद्यार्थी समेत सहभागी भई आफूलाई सुहाँउदो कम्पनीसँग आवद्ध हुन सक्छन् । हिमालय कलेज अफ इन्जिनियरिङ्गका विद्यार्थीहरुले सन् २०१६ देखि ह्याकाथन आयोजना गर्दै आएका छन् भने करियर फेस्ट पहिलो पटक आयोजना गरिएको हो ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...












