हेटौँडा उपमहानगरलाई आज बालमैत्री घोषणा गरिँदै
काठमाडौं । हेटौँडा उपमहानगरपालिकालाई आज बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गरिने भएको छ ।
आज हेटौडा–५ स्थित पिप्ले क्याम्पा रङ्गशालामा विशेष समारोहको आयोजना गरेर निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्न लागिएको हो ।
बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी भन्ने मूल नारासहित मकवानपुर जिल्लाको चौथो स्थानीय तहका रुपमा हेटौडा उपमहानगरपालिकालाई बालमैत्री शासनयुक्त उपमहानगरपालिका घोषणा गर्न लागिएको हो ।
मकवानपुरको १० पालिकामध्ये यसअघि मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भइसकेका छन् । हेटौडा उपमहानगर बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणासँगै मकवानपुरको चौथो बालमैत्री स्थानीय शासनयुक्त पालिका हुनेछ ।
२०७९ साल भदौ २४ गते हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले सम्पूर्ण वडा र नगरलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने निर्णय गरेको थियो । उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा अभियान अन्तर्गत १९ वटै वडालाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरेर आज उपमहानगरलाई नै बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्न लागिएको हो ।
जसअन्तर्गत हेटौँडाका १९ मध्ये वडा नम्बर ८ पहिलो र वडा नम्बर १४ लाई अन्तिम बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको थियो । घोषणा कार्यक्रम नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा हुने जनाइएको छ ।
बालमैत्री घोषणा गर्न आवश्यक ५१ वटा सूचक पूरा
बालमैत्री घोषणा गर्न आवश्यक ५१ वटा सूचक पूरा भएसँगै उपमहानगरलाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्न लागेको जानकारी दिए । ४३ वटा सूचकको लक्ष्य शत प्रतिशत पूरा भएको उनले बताए । ४ सूचकमा ९९ प्रतिशतभन्दा बढी नतिजा हासिल भएको छ । यस्तै, ३ वटा सूचकमा ९० प्रतिशतभन्दा बढी र एउटा सूचकमा ८८ प्रतिशत नतिजा हासिल गर्दै बालमैत्री घोषणा गर्न लागिएको जनाइएको छ ।
२०७९ सालको घरधुरी तथ्याङ्क सङ्कलन सर्वेक्षणअनुसार हेटौडा उपमहानगरपालिकामा १८ वर्ष मुनिका ५० हजार एक सय ९५ बालबालिका छन् । २६ हजार १ सय ४५ बालक र २४ हजार ५० बालिका रहेका छन् । कुल बालबालिकाको सङ्ख्यालाई आधार मान्दा ५२.०८ प्रतिशत बालक र ४७.९१ प्रतिशत बालिका रहेका छन् ।
उपमहानगरपालिकामा टोल स्तरीय २ सय ६५ र विद्यालय स्तरीय १ सय ६ वटा गरी ३ सय ७१ वटा बाल समूह छन् भने १९ वडास्तरीय र एउटा नगरस्तरीय गरी २० वटा बाल सञ्जाल छन् ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












