ट्रान्सपरेन्सी रिपोर्ट प्रचण्ड नेतृत्व सरकारको हो: एमाले महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ट्रान्सपरेन्सी रिपोर्ट अहिलेको नभइ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पालाको भएको बताउनुभएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रस्टाचारको सूचकमा नेपालको अवस्था १ अंक तल झरेर अझ कमजोर भएको रिपोर्ट सार्वजनिक भएपछि उहाँले सामाजिक संजालमार्फत बिहीवार राति यस्तो धारणा राख्नुभएको हो ।
भ्रस्टाचारको सूचकमा नेपालको अवस्था १ अंक तल झरेर अझ कमजोर भएको रिपोर्ट सन् २०२४ को हो, महासचिव पोखरेलले भन्नुभयो, जुन वर्षको आधिभन्दा वढी समय माओवादी नेतृत्वको सरकार नै थियो । त्यसमाथि यसै वर्ष सुशासनको सन्दर्भमा प्रकाशित ६ वटा रिपोर्टमध्ये तीनवटा रिपोर्टमा नेपालको अवस्था खस्किएको देखाइएको छ । ुविश्ववैंक लगायत तीन वटाको रिपोर्टमा भने नेपालको अवस्थामा सुधार भएको देखिन्छ, उहाले भन्नुभएको छ, त्यस अर्थमा नेपालको सन्दर्भमा कुन रिपोर्ट भरपर्दो भन्ने कुरा आफ्नो ठाउँमा छ । तर विग्रिएको तथ्यलाई नै आधार बनाउने हो भने पनि ठुलो हिस्सा पूर्ववर्ति सरकार र त्यसको नेतृत्वलाई जान्छ ।
विगत सरकारको काम ठिक नभएको र मुलुक संकटग्रस्त वन्न पुगेको निष्कर्षका आधारमा वर्तमान सरकार गठन भएको महासचिव पोख्रेलले स्पष्ट पार्नुभयो । त्यस आधारमा दुई दलबिचमा भएको ७ वुँदे सहमतिमा नै उक्त कुरा उल्लेख भएको उहाँले बताउनुभयो । वर्तमान सरकार गठन भएपछि कानुनी, संरचनागत र कार्यशैलीमा सुधार गरेर सुशासन र सेवा प्रवाहमा जोड़ दिने काम भएसँगै आर्थिक सुधारमा जोड दिइएको उहाँको दाबी छ । यसको प्रभाव र परिणामका लागि अर्को वर्षको रिपोर्ट पर्खनु पर्ने महासचिव पोख्रेलको भनाइ छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












