दुधको रकम भुक्तानी गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषकलाई दुधको भुक्तानी गर्न बाँकी रहेको रकम यथाशीघ्र भुक्तानी गर्न निजी डेरी उद्योगहरूलाई निर्देशन दिएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको आइतबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले दुधको बक्यौता रकम तत्काल भुक्तानी दिन निर्देशन दिएको बताएका हुन्।
दुग्ध विकास संस्थान (डिडिसी) ले हालसम्म दुई अर्ब चार करोड रुपियाँ भुक्तानी दिइसकेको प्रधानमन्त्रीले जानकारी दिए । दुग्ध विकास संस्थानबाट दुध बिक्री गर्ने सबै कृषकको भदौ मसान्तसम्मको बाँकी रकम भुक्तानी भइसकेको र बाँकी रकम पनि क्रमशः भुक्तानीको प्रक्रियाका लागि अघि बढाइएकोसमेत प्रधानमन्त्रीले जानकारी दिए ।
डिडिसी र निजी क्षेत्रका डेरी उद्योगहरूले देशभरका किसानलाई अझै दुई अर्ब ५५ करोड ५० लाख रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ । यसमध्ये सबैभन्दा बढी निजी क्षेत्रको रकम रहेको छ । निजी डेरीको मात्रै एक अर्ब ६० करोड रुपियाँको हाराहारीमा भुक्तानी गर्न बाँकी रहेको बताइएको छ ।
नेपाल डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले निजी डेरीसँग डेढ अर्ब रुपियाँ किसानको रकम भुक्तानी गर्न बाँकी रहेको बताए । दुग्ध उद्योगसँग गत वर्षकै धुलो दुध र घिउ बिक्री नभई ठुलो परिमाणमा मौज्दात रहेकाले पनि किसानको दुधको रकम नियमित रूपमा भुक्तानी गर्न नसकिएको जानकारी उनले दिए ।
सङ्घका अनुसार निजी डेरीसँग एक अर्ब रुपियाँको घिउ र एक अर्ब रुपियाँ बराबरको धुलो दुध बाँकी छ । बजारमा प्रशोधित दुधको प्रयोग हुँदा घिउ र धुलो दुधको माग नहुँदा ठुलो परिमाणमा मौज्दात रहेको दाहालले जानकारी दिए । नेपाल डेरी एसोसिएसनले भने किसानको दुधको रकम भुक्तानी गरिसकेको जनाएको छ । निजी क्षेत्रले लामो समयदेखि विभिन्न जिल्लाका किसानलाई भुक्तानी गरेको छैन ।
सङ्घका अनुसार निजीमध्ये सबैभन्दा बढी पोखरास्थित सुजल डेरी प्राइभेट लिमिटेडले किसानलाई भुक्तानी गर्न बाँकी छ । यस्तै निजी क्षेत्रबाटै सञ्चालनमा रहेको नेपाल डेरी, राजधानी डेरी, खरिपाटी डेरीलगायतका दुई दर्जन डेरी उद्योगले पनि किसानलाई भुक्तानी गर्न बाँकी छ । यस्तै डिडिसीले गत भदौदेखि माघ १५ सम्मको किसानबाट दुध खरिद गरेबापत ९५ करोड ५० लाख रुपियाँ भुक्तानी गर्न बाँकी छ ।
यस्तै निजी क्षेत्रका अन्य सानो क्षमताका साना डेरीहरूले ५० करोड रुपियाँको हाराहारीमा भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । लामो समयदेखि दुधको रकम भुक्तानी नहुँदा किसान मारमा परेका छन् । केन्द्रीय दुग्ध सहकारी संस्थाका महासचिव राम आचार्यले छ महिनादेखि दुधको रकम नपाउँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको जानकारी दिए ।
दुधको रकम भुक्तानीका लागि अर्थमन्त्री विष्णु पौडेल र कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीलाई भेटेर दुधको भुक्तानी दिन अनुरोध गरे पनि त्यसको सुनुवाइ नभएको उनले जानकारी दिए । विभिन्न ३० वटा जिल्लाका किसानको दुई अर्ब रुपियाँभन्दा बढी रकम भुक्तानी बाँकी रहेकाले व्यवसाय सञ्चालन गर्न कठिन भएको उनले जानकारी दिए ।
दुध बिक्री गरेको पैसाले पशुलाई दाना खरिद गर्नुका साथै घरखर्च चलाउँदै आएकोमा लामो समयदेखि रकम नपाउँदा धेरै समस्या परेको उनले जानकारी दिए । किसानले नियमित रूपमा दुध बिक्री गरेको पैसा नपाउँदा व्यवसायबाट पलायन हुने अवस्था आएको उनको भनाइ छ ।
सोही क्रममा प्रधानमन्त्री ओलीले उखु किसानले आफ्नो उत्पादनको उचित मूल्य पाऊन् भन्ने उद्देश्यले उखु क्रसिङ हुनुपूर्व नै सरकारले उखुको खरिद मूल्य तोक्ने गरेको बताए । त्यसरी निर्धारण गरिएको खरिद मूल्यमा किसानबाट उखु खरिद गरी तुरुन्तै भुक्तानी दिन पनि निर्देशन दिइसकेको उनले जानकारी दिए । मङ्सिरमै सरकारले प्रतिक्विन्टल उखुको खरिद मूल्य ५८५ रुपियाँ तोकेको पनि उनले जानकारी दिए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












