केआईआईटीबाट निकालिएका नेपाली विद्यार्थी वीरगन्ज नाका हुँदै घर फर्किए
वीरगन्ज।भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयबाट कुटपिट गरि निकालिएकामध्ये १५६ जना नेपाली विद्यार्थी वीरगन्ज नाका हुँदै घर फर्किएका छन्।
बुधबार बिहान २ बजेदेखि बिहीबार बिहान १० बजेसम्म वीरगन्ज नाका हुँदै १५६ जना नेपाली विद्यार्थी घर फर्किएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
भुवनेश्वरबाट रेल र सडकमार्ग हुँदै रक्सौल आइपुगेका उनीहरू वीरगन्ज नाका हुदैं नेपाल प्रवेश गरेको मिश्रले बताए। वीरगन्जको इनर्वा नाका हुँदै १५३ जना र अलौं नाका हुँदै ३ जना गरेर हालसम्म १५६ जना नेपाली विद्यार्थी नेपाल आइपुगेको मिश्रले बताए। तीमध्ये छात्रा २७ जना र छात्र १२९ जना रहेका छन्। वीरगन्ज नाका हुँदै नेपाल आइपुगेका नेपाली विद्यार्थीहरू पर्सा, बारा र रौतहट जिल्लाका रहेको प्रहरी उपरीक्षक मिश्रले बताए।
वीरगन्ज नाका हुँदै आइपुगेका उनीहरूलाई प्रहरी, वीरगन्ज महानगरपालिका र साउथजोन माविले गाडी व्यवस्थापन गरेर घर पठाएको प्रहरी उपरीक्षक मिश्रले बताए। मिश्रले भने,‘टाढा घर भएकाहरुलाई प्रहरीसमेतको सहयोगमा गाडी व्यवस्थापन गरेर गन्तव्यसम्म पठाइएको छ। केहीका भने आफन्त नै आएर साथमा लिएर गएका छन्।’nullओडिसाको केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको गत आइतबार शंकास्पद मृत्यु भएपछि घटनाको न्यायिक छानबिनको माग गर्दै आन्दोलनमा उत्रिएका नेपाली विद्यार्थीहरुलाई कलेज प्रशासनले गुण्डा र सुरक्षागार्ड लगाएर कुटपिट गर्दै होस्टेल(छात्रावास) बाट निकालेपछि उनीहरू कलेजबाट भागेर कष्टपूर्ण यात्रा गर्दै नेपाल फर्किएका हुन्।
बुधबार वीरगन्जको इनर्वा नाका हुँदै घर आइपुगेका वीरगन्ज–१५ ब्रम्हचोकका छात्र पिन्टु यादवका अनुसार, केआइआइटी विश्वविद्यालयमा करिब १ हजार ५ सय नेपाली विद्यार्थी अध्ययनरत छन्। केआइआइटी कलेजमा बिटेक सिभिल दोस्रो सेमेस्टरमा अध्ययनरत यादवले आफ्नै सहपाठीको शंकास्पद मृत्यु भएपछि घटनाको छानबिन हुनुपर्ने माग राखेर आन्दोलन गर्दा कलेज प्रशासनले आफूहरुमाथि गुण्डा लगाएर निर्घात कुटपिट गरेको बताए।
उनले भने,‘आन्दोलन गर्दा कुटपिट मात्र गरेन,राति होस्टेलमा कलेजले गुण्डाहरुलाई पठाएर सबै नेपाली विद्यार्थीहरुलाइ तत्काल कलेज र होस्टेल छाडेर जान धम्की दिन लगायो। ज्यान नै असुरक्षित भएपछि हामी रातारात कलेज छाडेर निस्कनु पर्यो।’ सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म आँफुहरु कलेज नफर्किने उनले बताए। उनले भने,‘ कलेजमा नेपाली विद्यार्थीहरूमाथि जुन ज्यादती भयो त्यो सम्झिँदा त अब फर्केर जाने हिम्मत नै भइरहेको छैन। फेरि जाँदा कलेजले अहिलेकै रिस राखेर हामीलाई जेपनि गर्न सक्छ भन्ने डर छ।’
Comments
अरु समाचार
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











