माघमा देशभर ४ सय ७८ आगलागीका घटना, २२ जनाको मृत्यु
काठमाण्डाै। माघ महिनामा आगलागीमा परी २२ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार माघमा देशभर ४ सय ७८ वटा आगलागीका घटना हुँदा २२ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा ११ पुरुष, १० महिला र एक बालक रहेका छन् ।माघमा आगलागीमा परी २६ पुरुष, ५४ महिला, चार बालक र तीन बालिका गरी ८७ जना घाइते भएका छन् । आगलागीमा परी दुई सय ४७ चौपाया मरेका प्रहरीले जनाएको छ ।
माघ महिनामा प्रदेशगत रूपमा सबैभन्दा धेरै कोशी प्रदेशमा एक सय २९ वटा आगलागीका घटना भएका छन् । यस्तै मधेशमा ८९, बाग्मतीमा ४२, गण्डकीमा ३९, लुम्बिनीमा ६३, कर्णालीमा ३२ र सुदूरपश्चिममा ४७ वटा आगलागीका घटना भएका प्रहरीको तथ्याङ्क छ । यसैगरी काठमाण्डौ उपत्यकामा ३७ वटा आगलागीका घटना भएका छन् । माघमा आगलागीबाट ६८ घर र ६६ गोठमा क्षति पुग्दा १७ जना विस्थापित भएका प्रहरीले जनाएको छ । आगलागीका घटनाबाट एक महिनामा १८ करोड ४८ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङ्क छ ।
यस वर्ष हिउँद सुक्खा हुँदा आगलागी र डढेलोका घटना बढ्न थालेका छन् । सुक्खा मौसममा डढेलो लाग्ने र फैलने जोखिम उच्च हुन्छ । यसले वनमा मात्र क्षति नगरी बस्तीमा पसेर आगलागी निम्त्याउँछ । नेपालमा मनसुन भित्रिने बेला अर्थात् जेठ अन्तिमसम्म नै यस्ता घटना हुँदै आएका छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवम् डढेलो विज्ञ सुन्दरप्रसाद शर्माका अनुसार लामो समय पानी नपर्दा सुक्खा हुने र असावधानीका कारण डढेलो र आगलागीका घटना धेरै हुने गरेको पाइएको छ । पछिल्ला वर्ष जलवायु परिवर्तनका कारण प्राकृतिक विपद्का घटना बढिरहेकोतर्फ सम्बन्धित निकायले ध्यान दिएर विद्यमान कानूनलाई परिमार्जनसहित समयानुकूल बनाउनुपर्ने उहाँको सुझाव छ ।
Comments
अरु समाचार
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











