कुम्भ मेलामा स्नान गरेर फर्किँदा स्कारपियो दुर्घटना, चार जनाको मृत्यु
काठमाडौं । भारतको युपि राज्य अन्तर्गत प्रयागराज (कुम्भ) स्नान गरेर फर्किँदै गर्दा स्कारपियो गाडी दुर्घटना हुँदा सप्तरीका तीन सहित चार जनाको घटना स्थलमै मृत्यु भएको छ ।
शुक्रवार युपिको गोरखपुरमा विपरीत दिशाबाट गइरहेको ट्याक्टर र भक्तजन सवार स्कारपियो एक आपसमा ठोकिदा घटना स्थलमा ४ जनाको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
मृत्यु हुनेमा सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर७ का अन्दाजी ६३ वर्षीय पर्शुराम चौधरी, उपेन्द्रनारायण चौधरीकी अन्दाजी ६२ वर्षीया पत्नी लिलावती देवी र कञ्चनरुप वडा नम्बर–५ की ५५ वर्षीया हरिहरदेवी यादव तथा सुनसरीको कुशाहा गाउँपालिका–१ की समतोलिया देवी यादव रहेकी छिन ।
दुर्घटनामा कञ्चनरुप ७ का शिक्षक उपेन्द्रनारायण चौधरी, जितु यादव लगायत छ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई गोरखपुरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
कञ्चनरूप नगरपालिका वडा नम्बर ७ का अध्यक्ष श्यामानन्द चौधरीले शव ल्याउन दुई वटा एम्बुलेन्स घटनास्थलतर्फ गइसकेको जानकारी दिए।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी महेन्द्र नेपालले घटनाबारे औपचारिक जानकारी आउन बाँकी रहेको र थप विवरण सङ्कलन भइरहेको जानकारी दिए ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको चैत १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार
काठमाण्डौ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आउँदो १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ । हिजो बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को...
-
केही केही ठाउँमा चट्याङसहित वर्षा, तराईमा हावाहुरीको सम्भावना
काठमाण्डौ । आज देशका पाँच वटा प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना छ । दिउँसोपछि कोशी, मधेस, बागमती, गण्डकी र...
-
आजको राशिफल: २०८१ चैत ३ गते आइतवार
मेष: थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने...
-
वीरगञ्ज भन्सारले संकलन गर्यो एक खर्ब नौ अर्ब राजस्व
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व सङ्कलन...
-
त्रिचन्द्रमा मतपत्रमा विवाद, सभापतिका उम्मेदवारले लगाए ताला
काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्ववियुका उम्मेदवारले नै निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएका छन् । मतपत्रमा नाम गोलाप्रथाबाट राख्ने कि दर्ताको...
-
चीनसँगको सहकार्यलाई प्रगाढ बनाउँदै पारस्परिक हितमा लगानी बढाउनुपर्छ: सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्नुपर्ने...
-
काठमाडौंमा आज तरकारी र फलफूलको थोक मूल्य यस्तो (सूचीसहित)
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका...
-
एनएसएलको तालिका सार्वजनिक: उद्घाटन खेलमा ललितपुर र काठमाडौंको भिडन्त
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक भएको छ । लिगको उद्घाटन खेलमा चैत १६ गते साविक...
-
मिथिलासहित मधेशका विभिन्न ठाउँमा आज पनि होली
काठमाण्डौ : मिथिला क्षेत्रसहित मधेश प्रदेशका विभिन्न ठाउँमा आज पनि होली मनाइँदैछ । मधेशका धेरै ठाउँमा फागुन पूर्णिमा सकिएर चैत...