लोकतान्त्रिक पद्धतीबाट प्रधानमन्त्री बन्न पूर्वराजालाई गौतमको सुझाव
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा बन्ने चाहना त्यागेर लोकतान्त्रिक राजनीतिमा प्रवेश गर्न सुझाव दिएका छन्।
आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गौतमले राजनीतिक दलका नेताहरूले देशको समुचित विकास गर्न नसकेको गुनासो गर्दै पूर्वराजालाई नयाँ विकल्प अपनाउन आग्रह गरेका हुन्।
गौतमले भने, “राजनीतिक नेताहरू असफल भए भन्दै पुनः राजा बन्ने चाहनु उचित हुँदैन। बरु आफ्नो नेतृत्वमा प्रजातान्त्रिक राजनीतिक दल खोली निर्वाचन आयोगमा दर्ता गरेर २०८४ को निर्वाचनमा भाग लिनुस्। निर्वाचित भई संसदबाट प्रधानमन्त्री बनेर देशको समृद्धि कायम गर्नुस्।”
उनले राजा महेन्द्रको हत्या र राजा वीरेन्द्रको वंश विनाशमा राजपरिवारकै व्यक्तिहरू संलग्न भएको दाबी गर्दै, ज्ञानेन्द्र शाहलाई लोकतान्त्रिक प्रक्रिया अपनाएर नेपाललाई समृद्ध बनाउने जिम्मेवारी लिन चुनौती दिए।
गौतमका अनुसार राजा वीरेन्द्रको हत्यापछि ज्ञानेन्द्र शाहलाई सबै राजनीतिक दलले स्वीकार गरेका थिए । उनले भने “अब यदि देश परिवर्तन गर्न चाहनुहुन्छ भने लोकतान्त्रिक बाटो रोज्नुहोस्, संसदमार्फत प्रधानमन्त्री बन्नुस् र विकासको मार्ग प्रशस्त गर्नुस्।”
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












