तालिबानले निलम्बन हटाएपछि अफगान महिला रेडियो स्टेसनले प्रसारण पुन: सुरु गर्ने
काबुल । एक अफगान महिला रेडियो स्टेशनले विदेशी टेलिभिजन च्यानलसँग कथित सहकार्यका कारण तालिबानले लगाएको निलम्बन हटाएपछि प्रसारण पुनः सुरु गर्ने भएको छ । रेडियो बेगमले अमेरिकी र नाटो सैनिकहरूको अव्यवस्थित फिर्तीका बीच तालिबानले सत्ता कब्जा गर्नुभन्दा पाँच महिनाअघि सन् २०२१ मार्चको अन्तर्राष्ट्रिय महिला दिवसमा प्रसारण सुरु गरेको थियो ।
स्टेसनको सामग्री पूर्ण रूपमा अफगान महिलाहरूद्वारा उत्पादन गरिएको छ । यसको भगिनी स्याटेलाइट च्यानल, बेगम टिभी, फ्रान्सबाट सञ्चालन हुन्छ र सातौँदेखि १२ कक्षासम्म अफगान विद्यालय पाठ्यक्रम समेट्ने कार्यक्रमहरू प्रसारण गर्दछ । तालिबानले देशमा कक्षा ६ भन्दा माथिका महिला र बालिकाहरूको शिक्षामा प्रतिबन्ध लगाएको छ । शनिबार राति जारी गरिएको एक विज्ञप्तिमा तालिबानको सूचना तथा संस्कृति मन्त्रालयले रेडियो बेगमले सञ्चालन पुनः सुरु गर्न ‘बारम्बार अनुरोध’ गरेको र स्टेसनले अधिकारीहरूलाई प्रतिबद्धता गरेपछि निलम्बन हटाइएको बताएको छ ।
स्टेसनले ‘पत्रकारिताको सिद्धान्त र अफगानिस्तानको इस्लामिक इमिरेटको नियमअनुसार र भविष्यमा कुनै पनि उल्लङ्घन नगर्न’ प्रतिबद्धता जनाएको थियो । मन्त्रालयले ती सिद्धान्त र नियमहरू के हुन् भनेर विस्तृत जानकारी दिएको छैन । मन्त्रालयले प्रसारण पुनः सुरु गर्न अनुमति दिएको रेडियो बेगमले पुष्टि गरेको छ । यसले थप विवरण दिएको छैन ।
सत्ता कब्जा गरेयता तालिबानले महिलाहरूलाई शिक्षा, धेरै प्रकारका काम र सार्वजनिक स्थानहरूबाट बहिष्कृत गरेको छ । तालिबानले मिडियामाथि आफ्नो पकड कडा पार्दै जाँदा पत्रकारहरू विशेषगरी महिलाहरूले आफ्नो रोजगारी गुमाएका छन् । सन् २०२४ मा रिपोर्टर्स विदाउट बोर्डर्सको प्रेस स्वतन्त्रता सूचकाङ्कमा अफगानिस्तान १८० देशमध्ये १७८ औँ स्थानमा छ । त्यो भन्दा अघिल्लो वर्ष यो १५२ औँ स्थानमा थियो ।
सूचना मन्त्रालयले सुरुमा रेडियो बेगम कुन टिभी च्यानलसँग काम गरिरहेको भनी आरोप लगाएको थियो भन्ने खुलाएको थिएन । तर शनिबारको विज्ञप्तिमा ‘विदेशी प्रतिबन्धित मिडिया आउटलेटहरू’ सँगको सहकार्यको उल्लेख गरिएको थियो । , ११ फागुन (रासस/एपी)
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












