तालिबानले निलम्बन हटाएपछि अफगान महिला रेडियो स्टेसनले प्रसारण पुन: सुरु गर्ने
काबुल । एक अफगान महिला रेडियो स्टेशनले विदेशी टेलिभिजन च्यानलसँग कथित सहकार्यका कारण तालिबानले लगाएको निलम्बन हटाएपछि प्रसारण पुनः सुरु गर्ने भएको छ । रेडियो बेगमले अमेरिकी र नाटो सैनिकहरूको अव्यवस्थित फिर्तीका बीच तालिबानले सत्ता कब्जा गर्नुभन्दा पाँच महिनाअघि सन् २०२१ मार्चको अन्तर्राष्ट्रिय महिला दिवसमा प्रसारण सुरु गरेको थियो ।
स्टेसनको सामग्री पूर्ण रूपमा अफगान महिलाहरूद्वारा उत्पादन गरिएको छ । यसको भगिनी स्याटेलाइट च्यानल, बेगम टिभी, फ्रान्सबाट सञ्चालन हुन्छ र सातौँदेखि १२ कक्षासम्म अफगान विद्यालय पाठ्यक्रम समेट्ने कार्यक्रमहरू प्रसारण गर्दछ । तालिबानले देशमा कक्षा ६ भन्दा माथिका महिला र बालिकाहरूको शिक्षामा प्रतिबन्ध लगाएको छ । शनिबार राति जारी गरिएको एक विज्ञप्तिमा तालिबानको सूचना तथा संस्कृति मन्त्रालयले रेडियो बेगमले सञ्चालन पुनः सुरु गर्न ‘बारम्बार अनुरोध’ गरेको र स्टेसनले अधिकारीहरूलाई प्रतिबद्धता गरेपछि निलम्बन हटाइएको बताएको छ ।
स्टेसनले ‘पत्रकारिताको सिद्धान्त र अफगानिस्तानको इस्लामिक इमिरेटको नियमअनुसार र भविष्यमा कुनै पनि उल्लङ्घन नगर्न’ प्रतिबद्धता जनाएको थियो । मन्त्रालयले ती सिद्धान्त र नियमहरू के हुन् भनेर विस्तृत जानकारी दिएको छैन । मन्त्रालयले प्रसारण पुनः सुरु गर्न अनुमति दिएको रेडियो बेगमले पुष्टि गरेको छ । यसले थप विवरण दिएको छैन ।
सत्ता कब्जा गरेयता तालिबानले महिलाहरूलाई शिक्षा, धेरै प्रकारका काम र सार्वजनिक स्थानहरूबाट बहिष्कृत गरेको छ । तालिबानले मिडियामाथि आफ्नो पकड कडा पार्दै जाँदा पत्रकारहरू विशेषगरी महिलाहरूले आफ्नो रोजगारी गुमाएका छन् । सन् २०२४ मा रिपोर्टर्स विदाउट बोर्डर्सको प्रेस स्वतन्त्रता सूचकाङ्कमा अफगानिस्तान १८० देशमध्ये १७८ औँ स्थानमा छ । त्यो भन्दा अघिल्लो वर्ष यो १५२ औँ स्थानमा थियो ।
सूचना मन्त्रालयले सुरुमा रेडियो बेगम कुन टिभी च्यानलसँग काम गरिरहेको भनी आरोप लगाएको थियो भन्ने खुलाएको थिएन । तर शनिबारको विज्ञप्तिमा ‘विदेशी प्रतिबन्धित मिडिया आउटलेटहरू’ सँगको सहकार्यको उल्लेख गरिएको थियो । , ११ फागुन (रासस/एपी)
Comments
अरु समाचार
-
नेपाल प्रहरीको आईजीपीमा नियुक्त दीपक थापा को हुन् ?
काठमाडौं । नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन्। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई...
-
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. वाग्ले नियुक्त
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री समेत रहेका केयूका कुलपति...
-
प्रचण्डलाई भेट्न राजेश हमाल खुमलटारमा
काठमाडौं । महनायक राजेश हमाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् । प्रचण्ड सचिवालयका अनुसार...
-
ट्रम्प र पुटिनबीच मङ्गलबार युक्रेनबारे छलफल हुने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग मङ्गलबार कुरा गर्ने योजना रहेको...
-
एसइई तयारी पूरा, पाँच लाख १४ हजार ७१ विद्यार्थीले जाँच दिने
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ। परीक्षा...
-
स्ववियु चुनाव शान्तिपूर्ण रुपमा गराउन मन्त्रालयको अनुरोध
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवम् तटस्थ र शान्तिपूर्ण रुपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गराउन अनुरोध...
-
एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।...
-
आजको राशिफल : २०८१ चैत ४ गते साेमवार
मेष मिहिनेत गर्दा चिताएकाे काम सम्पादन गर्न सकिनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। साथीभाइकाे आगमनले परिवेश उल्लासमय...
-
दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बन्ने लगभग पक्का
काठमाडौं । दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बन्ने लगभग पक्का भएको छ । हाल मा कार्यरत थापा प्रहरी...