ट्याङ्कर दुर्घटनामा २ जनाको मृत्यु, ३ जना घाइते
काठमाडौं । धादिङको गल्छी गाउँपालिकास्थित वडा नम्वर ३ गुप्लेश्वरीमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।
बाग्मती प्रदेश ०१–००४ क ३३५२ नम्वरको पानी बोक्ने ट्याङ्कर कच्ची सडकबाट खस्दा सो दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेहरुको पहिचान भैनसकेको धादिङ प्रहरीले जनाइएको छ । ट्याङ्ककर सडकबाट करिव दुई सय मिटर तल खसेको छ ।
गएराति करिव एक वजेतिर भएको सो दुर्घटनाका घाइतेहरुलाई जिल्ला अस्पताल धादिङमा उपचारका लागि लगिएको छ । ट्याङ्कर अफ्ट्यारो भिरमा खसेको र भिरमा अड्किएकोले शव निकाल्नसमेत कठिन भएको प्रहरीले जनाएको छ ।शवलाई निकालेपछि पोष्टमार्टमका लागि गजुरी पठाउने तयारी गरेको उद्दारकर्मी नारायण कुमार श्रेष्ठले जानकारी दिए ।
सवारी चालक भने सकुसल छन । ट्याङ्कर फर्काउन ब्याक गर्ने क्रममा दुर्घटना भएको र आफू हामफालेर बाचेँको घाइते एक जना यात्रुले जानकारी दिएका छन । घाइतेहरुको अवस्था भने सामान्य छ ।
Comments
अरु समाचार
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...












