महाशिवरात्रीमा पशुपतिनाथ सहित देशैभरका शिवालयहरुमा दर्शन गर्नेको भीड
काठमाडौं । आज महाशिवरात्री पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँदैछ ।
आज महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज नदीमा स्नान गरी शुद्ध भइ बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ ।
आज बिहानैबाट भक्तजनहरु पशुपतिनाथको पूजा गर्नका लागि लामवद्ध भएर बसेका छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ । फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।
आज देशभरका शिवालय, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर धाम, सन्तानेश्वर महादेव, हलेसी महादेव, कुशेश्वर महादेव लगायतका शिवालयमा भक्तजनको भीड रहेको छ । पूजा आराधनाका लागि पशुपतिनाथका भक्तालुहरुलाई सहज रुपमा दर्श गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र बिकास कोषले जनाएको छ
पशुपतिनाथको पूजा आराधनाका लागि पुगेका भक्तजनहरुलाई व्यवस्थापनमा कुनै कमी नराखेको पनि कोषले जनाएको छ ।
Comments
अरु समाचार
-
निजी वकिललाई सरकारी कार्यालयमा निषेध गर्ने रमन अहिले फकाउँदै
काठमाडाैं । भनिन्छ नि मानिसले आफ्नो कर्मको फल आफैँले बेहोर्नुपर्छ । त्यस्तै हुँदै छ, देशभरका वकिलहरूको साझा संस्था नेपाल बार...
-
पूर्वराजा शाहलाई राप्रपाको अध्यक्ष बनाउन देउवाको सुझाव
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुझाव दिएका छन् । शाह संवैधानिक राजा...
-
दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको...
-
सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने भएका छन् । अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५० औं महासभामा...
-
अस्कल र पीएन क्याम्पसमा स्ववियुको मतदान जारी
काठमाडौं । काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) र कास्कीको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्ववियुको मतदान भइरहेको छ । त्रिभुवन विश्वविद्यालयले गत...
-
संघीय संसदका दुई समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदका दुई समितिको बैठक बस्दैँछ ।संघिय संसद सचिवालय सिंहदरबार परिसरमा ती बैठक बस्नेछन् । सचिवालयका अनुसार आज...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज...
-
आईपीएलको उद्घाटनमा आज कोलकाता र रोयल च्यालेन्जर्स भिड्दै
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि शुरू हुँदैछ । कोलकाताको इडन गार्डेन मैदानमा आज हुने उद्घाटन...
-
धेरै ठाउँमा हल्का वर्षा, भोलिदेखि पश्चिमबाट मौसम सुधार हुने
काठमाण्डौ । देशका धेरै ठाउँमा हल्का वर्षा भएको छ । गण्डकी प्रदेशका केही जिल्लामा मध्यम वर्षा र काठमाण्डौसहित अरु ठाउँमा...