साइबर अपराधको अभियोजनबारे महान्यायाधिवक्ता कार्यालयद्धारा अन्तर्राष्ट्रिय गोष्ठी आयोजना
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले डिजिटल युगमा भइरहेका अपराधको अनुसन्धान एवं अभियोजनबारे अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरेको छ । विश्वभरमै डिजिटल अपराध एक चुनौतीको विषय बनिरहँदा महान्यायाधिवक्ताको कार्यालयले यस्तो पहलकदमी गरेको हो ।
१७ देशको प्रतिनिधित्व रहेको सम्मेलनले डिजिटल अपराधको अनेकन् पक्षमा छलफल गरी सुझावसहितको निष्कर्ष निकाल्ने छ । कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको दुरुपयोग गरी हुने सामाजिक सञ्जालको विकृति रोक्न कानुन सुधारमा जोड दिएका छन् ।
उनले ‘सामाजिक मर्यादाहरू सबै भत्काएर घृणाको फैल्याइदिने, भ्रम छरिदिने कामहरू भएका छन्, ती नियन्त्रण हुनुपर्ने’बताएका छन् । उनले सरकारले ल्याएको विधेयकबाट सामाजिक सञ्जालको अधिकार एक इन्च पनि कटौती नहुने दाबी गरेका छन् ।
त्यस्तै, कार्यक्रममा सर्वोच्च अदालतको न्यायाधीश सपना प्रधान मल्लले डिजिटल प्लेटफर्महरूबाट मुख्यतया महिलाविरुद्ध यौनजन्य अपराध एवं चरित्रहत्या हुने गरेकोमा चिन्ता व्यक्त गरेकी थिइन् । प्रविधिको विकासको राम्रो पक्षसँगै‘डार्क साइड’पनि देखिएकोले त्यसलाई नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिएकी थिइन् ।
महान्यायाधिवक्ता रमेश बडालले बदनियत राखेर सामाजिक सञ्जालहरूमा भ्रामक सूचना दिने तथा व्यक्तिको चरित्र हत्या गर्ने क्रम बढेकोले कानूनद्वारा त्यसलाई नियन्त्रण गर्न प्रविधि, अनुसन्धान एवं पूर्वाधारमा विकास गर्न आवश्यक रहेको बताए ।
कार्यक्रम संयोजन गर्ने महान्यायाधिवक्ता कार्यालयका वरिष्ठतम नायव महान्यायाधिवक्ता डा.टेकबहादुर घिमिरेले अहिलेको डिजिटल युगमा सीमाविहीन अपराध र अभौतिक मुद्रासमेतका चुनौती बढ्दै गएको बताए । त्यस्तै डा.घिमिरेले वर्तमान साइबर कानूनमा समयानुकूल व्यापक सुधार गरी एआईको प्रयोग तथा त्यसको दुरुपयोग रोक्न हरतरहले सक्षम हुनुपर्ने धारणा राखे ।
उनले डिजिटल फरेन्सिक ल्याब स्थापना तथा डिजिटल अपराधविरुद्ध अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गरी सहकार्य गर्न आवश्यकता रहेको औँल्याएका थिए । सम्मेलन शुक्रबार सकिनेछ । सम्मेलनको निष्कर्ष नेपाल सरकारलाई दिने योजना रहेको छ ।
Comments
अरु समाचार
-
निजी वकिललाई सरकारी कार्यालयमा निषेध गर्ने रमन अहिले फकाउँदै
काठमाडाैं । भनिन्छ नि मानिसले आफ्नो कर्मको फल आफैँले बेहोर्नुपर्छ । त्यस्तै हुँदै छ, देशभरका वकिलहरूको साझा संस्था नेपाल बार...
-
पूर्वराजा शाहलाई राप्रपाको अध्यक्ष बनाउन देउवाको सुझाव
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुझाव दिएका छन् । शाह संवैधानिक राजा...
-
दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको...
-
सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने भएका छन् । अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५० औं महासभामा...
-
अस्कल र पीएन क्याम्पसमा स्ववियुको मतदान जारी
काठमाडौं । काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) र कास्कीको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्ववियुको मतदान भइरहेको छ । त्रिभुवन विश्वविद्यालयले गत...
-
संघीय संसदका दुई समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदका दुई समितिको बैठक बस्दैँछ ।संघिय संसद सचिवालय सिंहदरबार परिसरमा ती बैठक बस्नेछन् । सचिवालयका अनुसार आज...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज...
-
आईपीएलको उद्घाटनमा आज कोलकाता र रोयल च्यालेन्जर्स भिड्दै
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि शुरू हुँदैछ । कोलकाताको इडन गार्डेन मैदानमा आज हुने उद्घाटन...
-
धेरै ठाउँमा हल्का वर्षा, भोलिदेखि पश्चिमबाट मौसम सुधार हुने
काठमाण्डौ । देशका धेरै ठाउँमा हल्का वर्षा भएको छ । गण्डकी प्रदेशका केही जिल्लामा मध्यम वर्षा र काठमाण्डौसहित अरु ठाउँमा...