साइबर अपराधको अभियोजनबारे महान्यायाधिवक्ता कार्यालयद्धारा अन्तर्राष्ट्रिय गोष्ठी आयोजना
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले डिजिटल युगमा भइरहेका अपराधको अनुसन्धान एवं अभियोजनबारे अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरेको छ । विश्वभरमै डिजिटल अपराध एक चुनौतीको विषय बनिरहँदा महान्यायाधिवक्ताको कार्यालयले यस्तो पहलकदमी गरेको हो ।
१७ देशको प्रतिनिधित्व रहेको सम्मेलनले डिजिटल अपराधको अनेकन् पक्षमा छलफल गरी सुझावसहितको निष्कर्ष निकाल्ने छ । कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको दुरुपयोग गरी हुने सामाजिक सञ्जालको विकृति रोक्न कानुन सुधारमा जोड दिएका छन् ।
उनले ‘सामाजिक मर्यादाहरू सबै भत्काएर घृणाको फैल्याइदिने, भ्रम छरिदिने कामहरू भएका छन्, ती नियन्त्रण हुनुपर्ने’बताएका छन् । उनले सरकारले ल्याएको विधेयकबाट सामाजिक सञ्जालको अधिकार एक इन्च पनि कटौती नहुने दाबी गरेका छन् ।
त्यस्तै, कार्यक्रममा सर्वोच्च अदालतको न्यायाधीश सपना प्रधान मल्लले डिजिटल प्लेटफर्महरूबाट मुख्यतया महिलाविरुद्ध यौनजन्य अपराध एवं चरित्रहत्या हुने गरेकोमा चिन्ता व्यक्त गरेकी थिइन् । प्रविधिको विकासको राम्रो पक्षसँगै‘डार्क साइड’पनि देखिएकोले त्यसलाई नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिएकी थिइन् ।
महान्यायाधिवक्ता रमेश बडालले बदनियत राखेर सामाजिक सञ्जालहरूमा भ्रामक सूचना दिने तथा व्यक्तिको चरित्र हत्या गर्ने क्रम बढेकोले कानूनद्वारा त्यसलाई नियन्त्रण गर्न प्रविधि, अनुसन्धान एवं पूर्वाधारमा विकास गर्न आवश्यक रहेको बताए ।
कार्यक्रम संयोजन गर्ने महान्यायाधिवक्ता कार्यालयका वरिष्ठतम नायव महान्यायाधिवक्ता डा.टेकबहादुर घिमिरेले अहिलेको डिजिटल युगमा सीमाविहीन अपराध र अभौतिक मुद्रासमेतका चुनौती बढ्दै गएको बताए । त्यस्तै डा.घिमिरेले वर्तमान साइबर कानूनमा समयानुकूल व्यापक सुधार गरी एआईको प्रयोग तथा त्यसको दुरुपयोग रोक्न हरतरहले सक्षम हुनुपर्ने धारणा राखे ।
उनले डिजिटल फरेन्सिक ल्याब स्थापना तथा डिजिटल अपराधविरुद्ध अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गरी सहकार्य गर्न आवश्यकता रहेको औँल्याएका थिए । सम्मेलन शुक्रबार सकिनेछ । सम्मेलनको निष्कर्ष नेपाल सरकारलाई दिने योजना रहेको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












