ट्रम्पसँग विवाद भएपनि दुई देशबीचको सम्बन्धलाई बचाउन सकिन्छ: जेलेन्स्की
किएभ । युक्रेनी राष्ट्रपति भाेलाेदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पसँगको विवाद ‘राम्रो नभएको’ तर दुई देशबीचकाे सम्बन्धलाई बचाउन सकिने बताउनुभएकाे छ । महत्त्वपूर्ण खनिज सम्झौताका लागि अमेरिका भ्रमणका रहेका बेला अमेरिकी राष्ट्रपति ट्रम्पसँग मतभेद भएपछि जेलेन्स्कीले याे प्रतिक्रिया दिनुभएकाे बीबीसीले जनाएकाे छ ।
ह्वाइट हाउसमा रहेकाे ओभल अफिसमा ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भेन्ससँग जेलेन्स्कीकाे चर्काचर्की भएकाे हाे । ट्रम्पले रुससँग लडाइँ गरेर युक्रेनले जित्न नसक्ने बताउनुभएकाे थियाे । जेलेन्स्कीले भने आफूले युद्धविराम चाहेको उल्लेख गर्नुभएकाे थियाे ।
भेटका क्रममा ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्धका लागि जुवा खेलेको आरोप लगाउँदै युक्रेनले रुससँग शान्ति सम्झौता गर्नुपर्ने नत्र कुरा अगाडि नबढ्ने बताउनुभएकाे थियाे । तर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुनै सम्झौता नहुने बताएपछि दुई नेताबीच चर्काचर्की परेकाे थियाे । ह्वाइटहाउसमा भएकाे भेटमा समकक्षी ट्रम्पसँग तिक्तता बढेपछि जेलेन्स्की बाहिर निस्किएका बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आफूमाथि अपमानजनक व्यवहार गरेकाे जेलन्स्कीले आरोप लगाउनुभएको छ । ट्रम्पलाई युक्रेनको खनिज उद्योगमा अमेरिकी सहभागिताको सम्झौतामाथि हस्ताक्षर हुने विश्वास थियो । तर अमेरिकाले रुसलाई समर्थन गरेकोबारे असन्तुष्टि जनाउँदै जेलेन्स्कीले ट्रम्पका विभिन्न प्रस्तावलाई अस्वीकार गर्नुभएको खबरमा उल्लेख छ ।
भेटवार्ताका क्रममा असाधारण वातावरण बनेपछि जेलेन्स्की ह्वाइटहाउस छोडेर निस्किएपछि दुवै राष्ट्रपतिले गर्ने भनिएकाे संयुक्त पत्रकार सम्मेलन रद्द भएको छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत शान्ति स्थापनाका लागि तयार भए जेलेन्स्की फिर्ता आउन सक्ने प्रतिक्रिया दिनुभएको छ ।
यसैबीच बेलायतका प्रधानमन्त्री सर केयर स्टार्रले ट्रम्प र जेलेन्स्की दुवैसँग कुरा गर्नुभएकाे र युक्रेनका लागि अटल समर्थन कायम राख्नुभएकाे खबरमा उल्लेख छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











