बर्षा र हिमपातपछि पहिरो खस्दा नाग्म-गमगडी सडक अवरुद्ध
काठमाडौं । लगातारको वर्षा र हिमपातपछि नाग्म-गमगडी सडक अवरुद्ध भएको छ । मुगुलाई कर्णाली राजमार्गमा जोड्ने र रारा जाने पर्यटकीय मार्ग हिमपातपछि अवरुद्ध भएको हो ।
लगातारको वर्षा र हिमपातले नाग्म-गमगढी सडक खण्डको भुलभुले क्षेत्रमा पहिरो खस्दा र सात मोड क्षेत्रमा बाक्लो हिउँ जमेपछि सडक अवरुद्ध भएको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले बताउनुभयो ।
हिमपात र वर्षाले भूलभूले क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । भने सात मोडमा बाक्लो हिउँ जमेपछि सवारी आवागमन रोकिएको छ । उहाँले भन्नुभयो,’हिउँ र पहिरो पन्छाउन मेसिन सहित जनशक्ति खटिएका छन् । अवरुद्ध हटाउने काम जारी छ । वर्षा र हिमपात फेरि भएमा केही असहज हुन सक्छ ।’ ु
हरेक वर्ष हिमपातका बेला नाग्म-गमगडी सडक प्राय अवरुद्ध भइरहने र त्यसले गर्दा नागरिकले दुख पाउने समस्यालाई मध्यनजर गरि उक्त क्षेत्रमा लेन्थ वर्कर,डोजर लगायतका जनशक्ति तैनाथ राखेको डिभिजन प्रमुख चौधरीको भनाई छ ।
सडक अवरुद्ध भएपछि मुगु बासी र रारा ताल घुम्न गएका पर्यटकलाई केही असहज भएको छ । यद्यपि सडक डिभिजनले अवरुद्ध खुलाउने काम जारी रहेकोले धैर्य गर्न अनुरोध गरेको छ । भने हिमपातको समयमा सडकको अवस्था बुझेर मात्र यात्रा पनि अपिल गरेको छ ।
मौसममा सुधार आएपछि रारा तालमा हिउँ खेल्न जाने आन्तरिक पर्यटकको घुइँचो लाग्ने भएकोले चाडै अवरुद्ध खुलाउन जोड दिइएको सडक डिभिजन जुम्लाले जनाएको छ । यता जुम्लाको खाली,चेरे चौर लगायतका स्थानमा हिउँ खेल्न जानेको घुइँचो लाग्ने छ ।
कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी वर्षा र हिमपात भएपछि किसान उत्साहित भएका छन् । लामो समयसम्म वर्षा र हिमपात नहुँदा हिउँदे बाली सुक्ने चिन्तामा रहेका किसान बिहीबार रातदेखि वर्षा र हिमपात भएपछि किसान उत्साहित भएका हुन् ।
साविक कर्णालीका पाँचै जिल्लाका लेकाली क्षेत्रमा बाक्लो हिउँ जमेको छ । भने बेसी क्षेत्रमा हिउँ परेन् । वर्षा र हिमपात सँगै भएपछि अपेक्षाकृत हिउँ जम्न सकेन् । यद्यपि लगातार दुई दिन भएको वर्षाले हिउँदे बाली सप्रिने कृषि विज्ञहरू बताउँछन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












