बर्षा र हिमपातपछि पहिरो खस्दा नाग्म-गमगडी सडक अवरुद्ध
काठमाडौं । लगातारको वर्षा र हिमपातपछि नाग्म-गमगडी सडक अवरुद्ध भएको छ । मुगुलाई कर्णाली राजमार्गमा जोड्ने र रारा जाने पर्यटकीय मार्ग हिमपातपछि अवरुद्ध भएको हो ।
लगातारको वर्षा र हिमपातले नाग्म-गमगढी सडक खण्डको भुलभुले क्षेत्रमा पहिरो खस्दा र सात मोड क्षेत्रमा बाक्लो हिउँ जमेपछि सडक अवरुद्ध भएको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले बताउनुभयो ।
हिमपात र वर्षाले भूलभूले क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । भने सात मोडमा बाक्लो हिउँ जमेपछि सवारी आवागमन रोकिएको छ । उहाँले भन्नुभयो,’हिउँ र पहिरो पन्छाउन मेसिन सहित जनशक्ति खटिएका छन् । अवरुद्ध हटाउने काम जारी छ । वर्षा र हिमपात फेरि भएमा केही असहज हुन सक्छ ।’ ु
हरेक वर्ष हिमपातका बेला नाग्म-गमगडी सडक प्राय अवरुद्ध भइरहने र त्यसले गर्दा नागरिकले दुख पाउने समस्यालाई मध्यनजर गरि उक्त क्षेत्रमा लेन्थ वर्कर,डोजर लगायतका जनशक्ति तैनाथ राखेको डिभिजन प्रमुख चौधरीको भनाई छ ।
सडक अवरुद्ध भएपछि मुगु बासी र रारा ताल घुम्न गएका पर्यटकलाई केही असहज भएको छ । यद्यपि सडक डिभिजनले अवरुद्ध खुलाउने काम जारी रहेकोले धैर्य गर्न अनुरोध गरेको छ । भने हिमपातको समयमा सडकको अवस्था बुझेर मात्र यात्रा पनि अपिल गरेको छ ।
मौसममा सुधार आएपछि रारा तालमा हिउँ खेल्न जाने आन्तरिक पर्यटकको घुइँचो लाग्ने भएकोले चाडै अवरुद्ध खुलाउन जोड दिइएको सडक डिभिजन जुम्लाले जनाएको छ । यता जुम्लाको खाली,चेरे चौर लगायतका स्थानमा हिउँ खेल्न जानेको घुइँचो लाग्ने छ ।
कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी वर्षा र हिमपात भएपछि किसान उत्साहित भएका छन् । लामो समयसम्म वर्षा र हिमपात नहुँदा हिउँदे बाली सुक्ने चिन्तामा रहेका किसान बिहीबार रातदेखि वर्षा र हिमपात भएपछि किसान उत्साहित भएका हुन् ।
साविक कर्णालीका पाँचै जिल्लाका लेकाली क्षेत्रमा बाक्लो हिउँ जमेको छ । भने बेसी क्षेत्रमा हिउँ परेन् । वर्षा र हिमपात सँगै भएपछि अपेक्षाकृत हिउँ जम्न सकेन् । यद्यपि लगातार दुई दिन भएको वर्षाले हिउँदे बाली सप्रिने कृषि विज्ञहरू बताउँछन् ।
Comments
अरु समाचार
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











