युक्रेन बचाउने रणनीतिमा १८ युरोपेली देश, बनाए चार सूत्रीय योजना
लन्डन। बेलायती प्रधानमन्त्री केइर स्टेइमरले रुस-युक्रेन युद्धको अन्त्य गर्ने तथा युक्रेनलाई रुसबाट बचाउनका लागि चार सूत्रीय योजना सार्वजनिक गरेका छन्। फ्रान्स, बेलायत र अन्य युरोपेलीले गठबन्धन बनाउने भएका हुन्। यसमा अमेरिकालाई समावेश गर्ने योजना बनाइएको छ। युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीसहित १८ युरोपेली देशको नेतृत्व सहितको सम्मेलनपछि स्टेइमरले आफूहरू इतिहासको महत्त्वपूर्ण मोडमा आइ पुगेको बताए। उनले युरोपेली देशको माझमा विगतमा कहिले पनि नदेखिएको अभूतपूर्व एकता देखिएको बताए।
बैठकले युक्रेनमाथिको सैन्य सहयोग यथावतै राखेर रुस माथिको आर्थिक दबाब बढाउने सहमति गरेको छ। युद्धको अन्त्य गर्ने सवालमा युक्रेनको भविष्यको सुरक्षाको ग्यारेन्टी तथा युक्रेनको सार्वभौम रक्षाको विषयलाई महत्त्व दिने सहमतिसमेत गरेका छन्। भविष्यमा हुने खतराबाट बचाउनका लागि युक्रेनको रक्षा संयन्त्रलाई बलियो बनाउने सहमति भएको छ। युरोपेली देशले सधैँका लागि शान्ति स्थापनाका लागि ‘इच्छुकहरूको गठबन्धन’ गर्ने सहमति गरेका हुन्।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा तनाव भएको २४ घण्टा नबित्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केइर स्टेइमरसँगको भेटलाई अर्थपूर्ण बनाएका थिए। स्टेइमर र जेलेन्स्कीबीच डाउनिङ स्ट्रिटमा भएको भेटमा बेलायतले युक्रेनलाई २.८ अर्ब अमेरिकी डलर ऋण प्रदान गर्ने विषयमा हस्ताक्षर भएको थियो। त्यस लगत्तै बेलायती नेतासँग जेलेन्स्कीले भेट गरेका हुन्।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











