सुदूरपश्चिम प्रदेश सभालाई प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्दै
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) सुदूरपश्चिम प्रदेश सभालाई विशेष सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले दिनको १ बजे बस्ने प्रदेश सभालाई सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए । प्रधानमन्त्रीले प्रदेश सभालाई सम्बोधन गर्नु यस प्रदेशका लागि ठुलो अवसर रहेको प्रदेश सभा सदस्य धर्मराज पाठकले बताए।
शनिबार बसेको प्रदेश सभा बैठकमा ढ्यापढ्यापे समय माग गरेर उनले प्रधानमन्त्रीकाे सम्बोधनबारे सदनलाई जानकारी गराएका थिए । ठुलो लगानीमा गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनका लागि बनेको संरचना अलपत्र रहेको अवस्थामा प्रधानमन्त्री ओलीको सम्बोधनले ठुलो अर्थ राख्ने उनको भनाइ थियो । पाठकले प्रदेश सभामा रहेका सम्पूर्ण दललाई एउटा साझा धारणा बनाएर प्रधानमन्त्रीलाई बुझाउनका लागि आग्रहसमेत गरे ।
“सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सङ्घीय संसद्मा विचाराधीन अवस्थामा रहेको छ,” उनले भने, “यो विधेयकलाई चाँडै पारित गर्न दबाब दिनका लागि हामी सबैले एउटा साझा धारणा बनाएर संकल्प प्रस्ताव पारित गरौँ ।”
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












