काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज कास्की जिल्ला अदालतमा दोस्रो तारेखका लागि उपस्थित हुनेछन्।

लामिछाने काठमाडौँबाट पोखरा जाने क्रममा कास्की जिल्लामा अदालतमा उपस्थित हुनेछन्। त्यसपछि, उनी रुपन्देही जानेछन्, जहाँ भोलि रुपन्देही जिल्ला अदालतमा तारेख तय गरिएको छ।

उनीमाथि विभिन्न सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप लागेको छ।