ताजा समाचार

पूर्व राजालाई स्वागत गर्न राजावादीहरु सडकमा

काठमाडौं ।  एकसाता लामो पोखरा घुमघामपछि काठमाडौं फर्कन लागेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा भब्य स्वागत गर्न राजावादीहरु सडकमा जम्मा भएका छन् ।

काठमाडौं फर्किंदा राजावादीहरुले त्रिभुवन विमान स्थलमा भब्य स्वागत गर्ने तयारी स्वरुप बिभिन्न स्थानबाट र्‍यालीसहित प्रदर्शन शुरु गरेका छन् । पोखराको बसाइ सकेर पूर्वराजा शाह आज दिउँसा साढे २ बजे हवाई उडान मार्फत काठमाडौं ओर्लिन लागेका हुन् ।

राजावादीहरुले सडकका दुवै किनारमा उपस्थित भएर पूर्व राजा शाहको स्वागत गर्ने छन् । उनको स्वागतका लागि राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालले पार्टी नेताहरुको नेतृत्वमा कार्यकर्ता परिचालन गरेका छन् ।

शाह विमानस्थलबाट महाराजगञ्जस्थित निर्मल निवास पुग्नेछन् । राजावादीहरु उनलाई पुर्‍याउन र्‍यालीसहित निर्मल निवाससम्म जानेछन् ।यही फागुन ७ गते पूर्व राजा शाहले आफूलाई साथ दिन आग्रह गरेपछि राजावादीहरु हौसिएका छन् । सरकारले राजावादीहरुको प्रदर्शनलाई ध्यानमा राखेर काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org