काठमाडौंमा एघारौँ नेपाल भूगर्भ सम्मेलन सुरू
काठमाडौं । आजदेखि काठमाडौंमा एघारौँ नेपाल भूगर्भ सम्मेलन सुरू भएको छ । नेपाल भूगर्भ समाजले आयोजना गरेको सम्मेलनलाई राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेसँगै सुरू भएको सम्मेलनमा विश्वका विभिन्न मुलुकको भूगर्भविद्हरूबीच भूगर्भको सुरक्षा सम्बन्धमा छलफल गरिने जनाइएको छ ।
समाजका अनुसार जलवायु परिवर्तन अनुकूलन, प्राकृतिक स्रोतहरूको उपयोग र भू–जोखिम व्यवस्थापनमा भूगर्भ विज्ञानको भूमिकालाई उजागर गर्नु, भूगर्भ विज्ञानका क्षेत्रमा भएका नयाँ अनुसन्धान, प्रविधि र अनुभवहरूको आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।
नेपाल भूगर्भ समाजका अध्यक्ष चुर्णबहादुर ओलीले जलवायु परिवर्तनका असर, प्राकृतिक स्रोत व्यवस्थापन, विपद् व्यवस्थापनसम्बन्धी ज्ञान आदान–प्रदान गर्न सम्मेलनले सहयोग पुग्ने बताए । “जलवायु परिवर्तनको असर बढिरहेको छ । यी समस्याहरूको पहिचान तथा समस्या समाधानका लागि जलवायु अनुकूलन र न्यूनीकरणका कार्यक्रम सञ्चालनका लागि सहकार्य हुने तथा ज्ञान आदान–प्रदानमा सहयोग पुग्नेछ,” उनले भने,, “सम्मेलनमा अन्तर्राष्ट्रिय विशेषज्ञता आदान–प्रदान, भूगर्भीय अनुसन्धानको प्रवर्द्धन तथा भूगर्भशास्त्रका नयाँ उपलब्धिहरू र तिनको प्रयोगसम्बन्धमा छलफल हुनेछ ।”
सम्मेलन मङ्गलबारसम्म चल्नेछ । उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाललगायत भारत, चीन, अमेरिका, क्यानडा, जर्मनी, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, इटाली, पोल्यान्ड, दक्षिण कोरिया, जापान, बङ्गलादेश र पाकिस्तानका भूगर्भविद्को सहभागी भएका छन् ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












