क्यानडाका भावी प्रधानमन्त्रीले भने- अमेरिकी व्यापार युद्धलाई जितेरै छोड्छौँ
ओटावा । क्यानडाका भावी प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध जित्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । लिबरल पार्टीले प्रधानमन्त्री जस्टिन ट्रुडोको उत्तराधिकारीका रूपमा मार्क कार्नीलाई भारी मतले निर्वाचित गरेपछि ५९ वर्षीय कार्नीले यस्तो प्रतिबद्धता जनाउनुभएको बीबीसीले जनाएको छ ।
क्यानडा तथा बेलायतका केन्द्रीय बैंकको पूर्वगभर्नर रहिसकेका कार्नीले आफूहरूले लडाइँका लागि आग्रह नगरेको तर जब अरू कसैले हात हाल्छ भने क्यानडेलीहरू जहिले पनि प्रतिकारका लागि तयार हुने ओटावामा पार्टी समर्थकहरूको ठूलो भीडलाई सम्बोधन गर्दै भन्नुभयो । त्यसैले अमेरिकीहरूले कुनै गल्ती नगर्न र हकीमा जस्तै व्यापार युद्धमा पनि क्यानडाले जित्ने उहाँको भनाइ छ । भर्खरै अमेरिकासँगको खेलमा क्यानडाको विजयलाई उल्लेख गर्दै कार्नीले भन्नुभयो ।
आफ्नो विजय भाषणमा उहाँले ट्रम्पको नेतृत्वमा रहेको अमेरिकाले क्यानाडालाई नियन्त्रण गर्न खोजिरहेको उल्लेख गर्नुभयो । ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाइदिने बताउँदै आउनुभएको छ ।
ट्रम्पले क्यानडाका कामदार, परिवार र व्यवसायमाथि आक्रमण गरेको आरोप लगाउँदै कार्नीले क्यानडाविरूद्धको आक्रमणमा ट्रम्पलाई सफल हुन नदिने बताउनुभयो ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











