ताजा समाचार

होलीमा दुई पक्ष बीच वादविवाद हुँदा १ राउण्ड हवाई फायर

काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता र स्थानीय पशुराम गिरीसँग वादविवाद हुँदा गिरीले एक राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ ।

होलीको दिन राती करिब ९ बजेर ३० मिनेटमा दुवै बीच वादविवाद हुँदा गिरीले आफ्नो घरमा रहेको लाइसेन्स प्राप्त बन्दुक निकालेर हवाई फायर गरेको प्रहरी प्रवक्ता विजयराज पण्डितले जनाकारी दिए ।

घटनाको जानकारी हुन साथ ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले बन्दुक सहित गिरीलाई नियन्त्रणमा लिई सामान्य सोधपुछ पछि परिवारलाई जिम्मा जवानीमा छोडिएको छ ।

किन र केका लागि बन्दुक पड्काउनु पर्ने अवस्थाको सृजना हुन गएको हो सोको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता पण्डितले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org