ट्रम्पद्वारा हुथी विद्रोहीविरुद्ध शक्तिशाली सैन्य कारबाहीको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ सैन्य कारबाहीको घोषणा गरेका छन् ।
अमेरिकाले हुथी विद्रोहीलाई विदेशी आतङ्कवादी सङ्गठनको रुपमा पुनः परिभाषित गरेको करिब १५ दिनपछि यो घोषणा भएको हो ।
“आज मैले अमेरिकी सेनालाई यमनमा हुथी आतङ्ककारीविरुद्ध निर्णायक र शक्तिशाली सैन्य कारबाही गर्न आदेश दिएको छु। उनीहरूले अमेरिकी र अन्य सहयोगी मुलकका जहाज, विमान र ड्रोनविरुद्ध पाइरेसी, हिंसा र आतङ्कवादको अनवरत अभियान चलाएका छन्,” ट्रम्पले आफ्नो ट्रुथ सोसल मिडिया प्लेटफर्ममा लेखेका छन् ।
अमेरिकाले हुथी विद्रोहीविरुद्ध ’अत्यधिक घातक बल’ प्रयोग गर्ने बताउँदै उनीहरूले स्वेज नहर,रेड सी र एडेनको खाडीबाट ढुवानीमा अवरोध पुर्याएको आरोप लगाएका छन् । उनले भने, “अमेरिकी पानीजहाजमा हुथीको आक्रमण सह्य हुने छैन। जबसम्म हामीले आफ्नो उद्देश्य प्राप्त गर्दैनौं तबसम्म हामी अत्यधिक बल प्रयोग गर्नेछौँ।”
राष्ट्रपति ट्रम्पले भने, “हुथी विद्रोहीले विश्वको सबैभन्दा महत्वपूर्ण जलमार्ग मध्ये एकमा पानीजहाज बन्द गरेका छन्, विश्वव्यापी बजारको विशाल भूभागलाई रोकेका छन् र नेभिगेसनको स्वतन्त्रताको मूल सिद्धान्तमाथि आक्रमण गरेका छन्, जसमा अन्तर्राष्ट्रिय व्यापार र वाणिज्य निर्भर छ।”
उनले पूर्व राष्ट्रपति जो बाइडेनले हुथीविद्रोहीविरुद्ध दिएको ‘कमजोर’ प्रतिक्रियाको आलोचना गर्दै हुथी विद्रोहीले अमेरिकी सैन्य र व्यापारिक जहाजमाथि गरेको आक्रमणले अमेरिका र विश्व अर्थतन्त्रलाई अर्बौं डलरको क्षति पुगेको बताएका छन् ।
चार महिनाअघि लाल सागर हुँदै जाने अन्तिम अमेरिकी युद्धपोतमाथि हुथी विद्रोहीले दर्जनभन्दा बढी पटक आक्रमण गरेका थिए । इरानको आर्थिक सहयोगमा हुथी विद्रोहीले अमेरिकी विमानमा क्षेप्यास्त्र प्रहार गरेका अमेरिकी सैनिक तथा सहयोगीलाई निशाना बनाएका छन् ।
ट्रम्पले अगाडी भने, “कुनै पनि आतङ्कवादी शक्तिले अमेरिकी व्यापारिक र नौसैनिक जहाजहरूलाई स्वतन्त्र रूपमा विश्वको जलमार्गमा यात्रा गर्नबाट रोक्ने छैन।”
ट्रम्पले इरानलाई प्रत्यक्ष चेतावनी दिँदै हुथी विद्रोहीलाई दिएको समर्थन अन्त्य गर्न र जारी रहे गम्भीर परिणाम भोग्नुपर्ने पनि चेतावनी दिएका छन् । हुथी आतङ्ककारीहरूलाई इरानको समर्थन तुरुन्तै समाप्त हुनुपर्ने अन्यथा इरानले पनि यसको नराम्रो प्रतिफल प्राप्त गर्ने उनले चेतावनी दिए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












