न्यूज नेपालले प्रकाशन गरेको ‘दीपक थापा आईजीपी बन्ने पक्का’ शीर्षकको समाचार सत्य
नेपाल प्रहरीको आईजीपीमा नियुक्त दीपक थापा को हुन् ?
काठमाडौं । सरकारले नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) पदमा दीपक थापालाई नियुक्त गरेको छ । बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो ।
न्यूज नेपाल डटकमले थापा आईजीपी बन्ने पक्का शिर्षकको समाचार आइतबार साँझ नै ब्रेकिङ गरेको थियो र उक्त समाचार अन्ततः सत्य सावित भएको छ ।
हालका आईजीपी वसन्तबहादुर कुँवर सोमबार राति १२ बजेदेखि अनिवार्य अवकासमा जाने भएपछि थापालाई आईजीपी नियुक्त गरिएको हो। आईजीपीको दाबेदारमा तीन जना थिए। आईजीपी बन्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक एआईजी थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ प्रतिस्पर्धामा थिए।
उनीहरू २०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। थापा एआईजी बनेको दुई सातापछि गिरी र तामाङ एआईजीमा बढुवा भएका थिए। थापा आईजीपी २०८२ भदौ १९ गतेसम्म सेवामा रहनेछन्।
त्यसपछि ३० वर्षे सेवा अवधिका कारण अवकाश हुनेछन्। तर ३० वर्षे हट्ने गरी ल्याइएको विधेयक संसद्बाट पारित भएमा सेवा अवधि थप हुन सक्नेछ। विधेयक संसद्मा विचाराधीन छ। हाल सीआईबी प्रमुख थापाले यसअघि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानिपोखरी र एआईजीमा बढुवा भएपछि प्रशासन विभाग प्रमुखका रूपमा काम गरिरहेका थिए। थापाले प्रहरी निरीक्षक हुँदा इलाका प्रहरी कार्यालय बनेपा, इलाका प्रहरी कार्यालय गरुडा, रौतहटको इन्चार्ज भएर काम गरेका थिए।
नेपाल प्रहरी स्कुल साँगा, प्रहरी स्कुल दीपायल, इलाका प्रहरी कार्यालय मैकोट रुकुम, इलाका प्रहरी कार्यालय कात्तिके देउराली र प्रहरी प्रधान कार्यालयको कर्मचारी शाखामा रहेर काम गरेको थिए। त्यसपछि डीएसपीमा बढुवा भएका थापाले विभिन्न युनिट सम्हाले। जिल्ला प्रहरी कार्यालय खोटाङ, प्रधानमन्त्री सुरक्षा कार्यालय बालुवाटार, प्रहरी वृत्त महाराजगन्जमा थापाले कमान्ड सम्हाले।
डीएसपीमै इलाका प्रहरी कार्यालय बुटवल, हेडक्वार्टरको कर्मचारी प्रशासन शाखा, जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी, मकवानपुरमा पनि माम गरेका थिए। एसपीमा बढुवा भएपछि अख्तियारको कोहलपुर र बुटवल काम गरेका उनी चितवनको प्रहरी प्रमुख बने।
प्रहरी प्रधान कार्यालयको बजेट शाखामा पनि उनले काम गर्ने मौका पाए। एसएसपीमा बढुवा भएपछि आर्थिक प्रशासन महाशाखा र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख बने। त्यसपछि वृत्ति विकास महाशाखा, प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा काम गरे। डीआईजीमा बढुवा भएपछि उनी प्रबन्ध निर्देशनालयमा पदस्थापन भए।
उनले बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पनि सम्हाले। छोटो समयमै एआईजी बनेपछि सबैभन्दा आकर्षक कार्यालयमा थापाले भूमिका पाए। थापा पछिल्ला हरेक सरकारका रोजाइमा पर्दा छानीछानी पोस्टिङ पाउन सफल भएका थिए।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












