आज स्ववियु चुनाव हुँदै, विवादका कारण केही क्याम्पसमा स्थगित
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक र सम्बन्धन प्राप्तसहित झण्डै चार सय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ । १०७ वटा क्याम्पसमा यसअघि नै निर्विरोध सभापति चुनिएका छन् । केही ठूला क्याम्पसमा विवादका कारण चुनाव स्थगित भएको छ । ६२ मध्ये १३ आंगिक क्याम्पसमा चुनाव नहुने भएको हो ।
काठमाण्डौ उपत्यकाभित्र विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुर, सरस्वती बहुमुखी, शंकरदेव, पब्लिक युथ, नेपाल ल र विश्वभाषा तथा काठमाण्डौ उपत्यकाबाहिर बुटवल बहुमुखी क्याम्पस, सुर्खेत बहुमुखी, भैरहवा बहुमुखी, रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुर, पक्लिहवा बहुमुखी क्याम्पस, तेह्रथुम बहुमुखी क्याम्पस र कृषि क्याम्पस खैरहनीमा चुनाव स्थगित भएको छ । अरु केही क्याम्पसमा तोडफोड र तालाबन्दी भएको छ ।
विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा भने ८ गते चुनाव हुने भएको छ । आज चुनाव हुने क्याम्पसहरुमा प्रत्यक्ष र समानुपातिक प्रणालीका आधारमा नेतृत्व चयन हुनेछ ।
त्रिभुवन विश्वविद्यालयले प्रत्यक्ष र समानुपातिक प्रणालीलाई मिश्रित रूपमा लागू गरी स्ववियु चुनाव सञ्चालन गर्ने व्यवस्था गरेको छ ।
यसअनुसार, चुनावी प्रक्रियाबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्यहरू प्रत्यक्ष प्रणालीबाट चयन गरिन्छन् भने उपाध्यक्ष, सहसचिव तथा बाँकी ५० प्रतिशत सदस्यहरू समानुपातिक प्रणालीबाट निर्वाचित हुन्छन् । विद्यार्थी सङ्ख्याका आधारमा स्ववियु कार्यसमितिको सदस्य सङ्ख्या निर्धारण गरिन्छ ।
दुई सयसम्म विद्यार्थी भएका क्याम्पसमा ११ सदस्यीय कार्यसमिति, दुई सयदेखि एक हजारसम्म विद्यार्थी भएका क्याम्पसमा १५ सदस्यीय कार्यसमिति, एक हजारदेखि तीन हजारसम्म विद्यार्थी भएका क्याम्पसमा १९ सदस्यीय कार्यसमिति र तीन हजारभन्दा बढी विद्यार्थी भएका क्याम्पसमा २१ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । आज हुने स्ववियु चुनावको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गर्ने भएको छ ।
Comments
अरु समाचार
-
नवनियुक्त आईजीपी थापाद्वारा प्रहरीको सेवासुविधा बढाउन समिति गठन
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी कर्मचारीले खाइपाई आएको सेवा सुविधा बढाउन अध्ययन गर्न समिति गठन गर्न...
-
एसईई प्रक्रियामा मधेश सरकार सामेल नहुने मुख्यमन्त्री सिंहको घोषणा
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रक्रियामा प्रदेश सरकार सामेल नहुने घोषणा गर्नुभएको छ...
-
स्ववियु निर्वाचन सम्पन्न: ३८ आंगिक र ३०० सम्बन्धन प्राप्त क्याम्पसमा मात्रै मतदान
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्र्तगत देशैभरिका क्याम्पसमा आज तोकिएको स्व्तन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको । स्ववियु निर्वाचनअन्तर्गत आज मंगलबार...
-
आज कोशी र मधेश प्रदेशका केही ठाउँमा हावाहुरी, गण्डकीमा छिटपुट वर्षा
काठमाण्डौ । आज कोशी र मधेश प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना छ । कोशीको तराई क्षेत्रमा मौसम आंशिक बदलीदेखि...
-
आजको राशिफल: २०८१ चैत ५ गते मंगलवार
मेष: प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग...
-
न्यूज नेपालले प्रकाशन गरेको ‘दीपक थापा आईजीपी बन्ने पक्का’ शीर्षकको समाचार सत्य
काठमाडौं । सरकारले नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) पदमा दीपक थापालाई नियुक्त गरेको छ । बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्...
-
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. वाग्ले नियुक्त
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री समेत रहेका केयूका कुलपति...
-
प्रचण्डलाई भेट्न राजेश हमाल खुमलटारमा
काठमाडौं । महनायक राजेश हमाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् । प्रचण्ड सचिवालयका अनुसार...
-
ट्रम्प र पुटिनबीच मङ्गलबार युक्रेनबारे छलफल हुने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग मङ्गलबार कुरा गर्ने योजना रहेको...